पुष्पलाल स्मृति दिवस मनाइँदै,रामेछापको भँगेरीमा श्रदान्जली तथा माल्यार्पण

पुष्पलाल स्मृति दिवस मनाइँदै,रामेछापको भँगेरीमा श्रदान्जली तथा माल्यार्पण

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाईँदैछ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा आज विशेष कार्यक्रमको आयोजना गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा निधन भएको थियो । आज रामेछापको भँगेरीमा नेकपा एमाले रामेछापले श्रदान्जली तथा माल्यार्पण कार्यक्रम गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार