गौरीशङ्कर मावि रामेछापका शिक्षकले पाए ल्यापटप

गौरीशङ्कर मावि रामेछापका शिक्षकले पाए ल्यापटप

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङ्कर माध्यमिक विद्यालयका शिक्षकहरुले ल्यापटप पाएका छन । विद्यालयमा कार्यरत शिक्षकहरुलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत एक शिक्षक एक ल्यापटप प्रदान गरिएको विद्यालयका लेखापाल रमेश तामाङले जानकारी दिनुभयो ।

माध्यमिक विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षकहरूलाई प्रविधिमैत्री र सिकाइ सहजीकरणका लागि ल्यापटप वितरण गरिएको विद्यालयकै शिक्षक प्रकाश शाहीले बताउनुभयो । कोरोना महामारीको कारण भौतिक उपस्थितिमा विद्यार्थीहरुलाई पठनपाठन सम्भव नभएको यो अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्न आफुहरुलाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पूर्णबहादुर मगरले नमूना विद्यालय विकासका लागि यस्तो कार्यक्रमले अध्ययन अध्यापनमा प्रविधिको प्रयोगलाई जोड दिने बताउनुभयो । उहाँले प्रविधिको प्रयोगले विद्यालयको शैक्षणिक सुधारका लागि महत्वपूर्ण योगदान पु¥याउनुका साथै शिक्षक कर्मचारीहरूलाई समयसँगै अद्यावधिक हुन सहयोग पुग्ने बताउनुभयो ।

ल्यापटप वितरण कार्यक्रममा रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष केदार कार्की,वि.व्य.स.,शि.अ.सं.,शिक्षक तथा कर्मचारीहरू लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार