रामेछापमा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु

रामेछापमा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु

रामेछाप जिल्लामा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । आजदेखी ५ गतेसम्म प्राप्त खोप डोज संख्याको आधारमा भेरोसिलको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकामा कोरानो विरुद्धको खोप भेरोसिलको पहिलो मात्रा लगाउन थालिएको हो ।

५५ वर्ष उमेर माथिका कोभिड १९ विरुद्ध खोप पहिलो मात्रा लगाउन छुटेका, बाँकी सबै नागरिक, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातयातमा कार्यरत चालक र सहचालकहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकि व्यक्तिहरुलाई सम्बन्धित ठाउँमा तोकिएको खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य कार्यालय रामेछापले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार