राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप

नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेदेखि एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ […]

रामेछापका थप १ जनामा कोरोना संक्रमण, जिल्लामा १० जना सक्रिय सङ्क्रमित

रामेछाप जिल्लामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोकुलगंगा गाउँपालिकाका वर्ष ४५ का एक पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । रामेछाप जिल्लामा हालसम्म दुईहजार ३ सय ९३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा […]

कोरोना विरुद्धको खोपका लागि वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागलाई जिम्मा

सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागलाई जिम्मा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट खोप सम्बन्धी संगठन गाभीसँग समन्वय गर्न र खोप सम्बन्धी अन्य वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहलाई अधिकार दिएको हो । विभिन्न उद्योगहरुबाट उत्पादित खोपहरु सहुलियत दरमा उपलब्ध गराउने र नेपाल […]

यस वर्षको मिस नेपालको उपाधि नम्रता श्रेष्ठलाई

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । २० जना प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपाल वर्ल्ड २०२० को उपाधि जितेकी हुन् । यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेका छन् । अन्तिम राउण्डमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिंदै नम्रताले मिस नेपालको ताज […]

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लूएचओ), ‘गाभी र सेपी’ नामक तीन […]

२४ घन्टामा थपिए १ हजार २४ नयाँ सङ्क्रमित, २ हजार ६ जना स्वस्थ

नेपालमाथप १ हजार २४ जनामाकोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा ६ हजार ७४ पिसिआर परीक्षण गर्दा थप १ हजार २४ जनामाकोरोना सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितथपिएसँगै नेपालमाकोरोनाभाइरसकाकारण सङ्क्रमितहुनेको सङ्ख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार ६ जना […]

कोरोनाको खोप सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोपसबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताउनुभएको छ । आजसंयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले खोप विकासमा प्राप्त सफलताबाट प्रोत्साहित भएको उल्लेख गर्दै धनी र गरिब सबैका लागि खोपको पहुँच […]

नेपालमा थप १२ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ७५ जना डिस्चार्ज भएका छन् । […]

दोलखामा सर्वसाधारणका लागी बन्द गरिएको मठमन्दिर आजबाट खुल्यो

दोलखामा सर्वसाधारणका लागी बन्द गरिएको मठमन्दिर आजबाट खुलेका छन् । जिल्ला संकट व्यवस्थापन समितिको विहिबार बसेको बैठकले मन्दिर, गुम्बा लगाएत धार्मीक स्थलमा लगाइएको निषेधाज्ञा हटाउने निणर्य गरेको हो । मन्दिर व्यवस्थापन समिति तथा गुम्बा व्यवस्थापन समितिले स्वास्थ्य मापदण्डको पुर्ण् पालना गराउँदै जिल्लाको प्रशिद्ध धार्मीक स्थलहरु कालिन्चोक भगवती, दोलखाको भीमेश्वर मन्दिर सहित जिल्लाका सबै धार्मीक स्थल […]

रामेछापमा १८८ जना कोरोना सङ्क्रमित निको

रामेछाप जिल्लामा कोरोना भाइरसलाई जित्नेको सङ्ख्या १८८ पुगेको छ । जिल्लामा थप एक जना संक्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । शुक्रबार नेपाल बिद्युत प्राधिकरण मन्थली रामेछापमा कार्यरत ४५ वर्षका पुरुष कर्मचारीले कोरोनालाई जितेँर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । हालसम्म जिल्लामै स्वाब सङ्कलन गरिएका १९७ जनामा […]