जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द

जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । हिजो अस्पतालमा कार्यरत ७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गरिएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्म लागि अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवाहरु बन्द रहने अस्पतालका डाक्टर रोशन ग्वाछाले जानकारी […]

प्रहरी पोशाकको दुरुपयोग गरे कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको चेतावनी

प्रहरी प्रधान कार्यालयले पोशाकको दुरुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ । कार्यालयले विभिन्न चलचित्र, टेलिचलचित्र, साङ्गीतिक श्रव्यदृश्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले विज्ञप्ति निकालेर प्रहरी पोशाकको प्रयोग गर्नुअघि प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचारप्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको […]

बढ्यो कोरोना सङ्क्रमण दर, एकसय जनाको जाँच गर्दा २४ जनामा सङ्क्रमण

मुलुकमा पछिल्लो २४ घण्टामा एकसय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी सङ्क्रमण दर भएको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्यमन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशतअर्थात् ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये […]

रामेछाप नगरपालिकामा विहान ५ बजेदेखि १० बजेसम्म मात्रै पसल खोल्न पाईने

कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गएपछि रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले थप कडाई गरेको छ । अबदेखि नगरपालिका भित्रका बजारहरुको पसल तथा व्यापार व्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म मात्रै सन्चालन गर्न दिने निर्णय गरेको छ । रामेछापका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेका अनुसार रामेछाप बजारका केहि स्थानिय सहित नगरपालिकाको केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि […]

रामेछापमा कोरोना सक्रमित संख्या सय नाघ्यो, अझै ९५ जनाको रिपोर्ट आउनै बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । आज थप रामेछाप जिल्लाका २० जनामा कोरोना संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या सय नाघेको हो । रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय १ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ५ जनामा कोरोना […]

रामेछापका एक्कै पटक थप २० जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा एक्कै पटक थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछापमा कार्यरत स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना संक्रमण देखिएको हो । जिल्ला अस्पताल रामेछापमा कार्यरत ४ जना पुरुष वर्ष २७,५०,२५ र ४२ का र ३ जना महिला वर्ष ३४,२५ र २४ का सहित एक्कै पटक यति धेरै संख्यामा कोरोना संक्रमण […]

निर्वतमान अर्थमन्त्री खतिवडासहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

संघीय संसदको संसदीय सुनुवाई समितिले युवराज खतिवडा सहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमानमुख्यसचिवलोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाकालागि नेपाली राजदूतमासिफारिस गरेको थियो ।उहाँहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नामअनुमोदनहुनुपर्ने संवैधानिकव्यवस्था छ । आज बसेको सुनुवाई समितिको बैठकले तीनै […]

स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

सरकारले कोरोना भाइरसका कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षा सम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालयतथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धान्तिक स्वीकृतिदिने निर्णय गरेको हो । बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जना भन्दा कम सहभागी हुने […]

देशभरका किसानको गणना गर्ने कृषि मन्त्रालयको तयारी

कृषितथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानहरुको गणना गर्ने भएको छ । ७ सय ५३ वटै स्थानीयतह मार्फत किसानहरुले उत्पादन गर्ने मुख्यबाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए नपाएको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रिय जनगणना गर्न लागेको बेला कृषि मन्त्रालयले कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिएको […]

नेपालमा कोरोना सङ्क्रमितको संख्या ९४ हजार नाघ्यो, ६८ हजारभन्दा बढी स्वस्थ

नेपालमा आज थप ३ हजार ३ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १४ हजार २ सय ९ पिसिआर परीक्षण गरिएकोमाथप ३ हजार ३ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ […]