आज धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने

आज धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थनमा मेघगर्जन तथा चट्याङको संभावना रहेको पनि महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि सामान्य बदली रही वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २१ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ३६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार