रामेछापका एकसय २२ जनप्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च

गएको स्थानिय निर्वाचनमा उम्मेदवारी वनेका रामेछापका १ सय २२ जना निर्वाचित जनप्रतिनिधिहरुले उम्मेदवार समयमा खर्च भएको खर्चको विवरण समेत नबुझाएको पाईएको छ । रामेछापमा स्थानिय तहको निर्वाचन भएको तीन वर्ष पुरा भइसक्दा पनि स्थानिय निकायमा उम्मेदवार वनेका निर्वाचीत जनप्रतिनिधिहरुले नै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले उम्मेदवारी वनेका सबै राजनितिक दलका नेताहरुलाई आयोगको समयसिमा […]

कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने

कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरेको हो । पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा […]

रामेछापको फर्पुमा रुखबाट लडेर वृद्धको मृत्यु

रामेछापको फर्पुमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नक्बर ६ फर्पुका ८२ बर्षिय दिपवहादुर खड्काको रुखबाट लडेर ज्यान गएको वडाअध्यक्ष चन्द्रबहादुर सुनुवारले जानकारी दिनुभएको छ । हिजो घर नजिकैको बारीमा घाँस झार्ने क्रममा रुखबाट लडे्का वृद्धलाई रामेछापमा उपचार सम्भव नभएपछि थप उपचारका लागी काठमाण्डौं लैजाने क्रममा वृद्धको बाटैमा ज्यान […]

हालसम्म रामेछापका २ सय २ जनाले जिते कोरोना

रामेछापमा थप चार जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यलय रामेछापका अनुसार शुक्रबार मन्थली नगरपालिका चार जना कोरोना मुक्त भएका हुन् । कोरोना मुक्त हुनेमा ३२ र ३० बर्षकि महिला र ४१ र ३४ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ । शुक्रवार कोरोना मुक्त हुने […]

वाग्मती प्रदेशका तीन जना मन्त्रीद्धारा राजीनामा, सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सत्तारुढ नेकपाको केन्द्रको विवाद वाग्मती प्रदेशमा पुगेको छ । प्रचण्ड-नेपाल समूहले वाग्मती प्रदेश सरकारकाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावमा प्रदेशका तीन जना मन्त्रीसहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण […]

मोटरसाइकल दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु भएको छ । बुधबार राति मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका रामेछापको मन्थली गाउँपालिका ९ का २८ वर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागि जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राति नै ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

रामेछापको गणेशचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाईते

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित गणेश चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाईते भएका छन । सदरमुकाम मन्थली बाट रामेछापको भंगेरी आउने क्रममा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा भंगेरीका वर्ष १९ का कुशल श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । घाईतेलाई थप उपचारको लागी काठमाडौँ ग्रान्डी अस्पतालमा पठाइएको प्रहरीले […]

रामेछापको बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्र सन्चालनमा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८ स्थित बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्रको उद्धघाटन गरिएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले स्वास्थ्य केन्द्रको उद्धघाटन गर्नुभएको हो । स्वास्थ्य केन्द्रको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले रामेछाप नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै महत्वुर्ण कामहरु गरेको बताउनुभयो । कोरोना भाईरसले गर्दा केही कामहरु रोकिएको र ति कामहरु फेरी […]

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यकालमा भएका मुख्य उपलब्धीहरु

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यकालमा भएका मुख्य उपलब्धीहरु   शान्ति सुरक्षा तथा सुव्यवस्था एवं अपराध नियन्त्रण जिल्ला सुरक्षा समितिको 12 पटक बैठक बसी आवश्यक निर्णय गरी कार्यान्वयन गरिएको । अन्तर जिल्ला समन्वय बैठक 4 पटक (रामेछाप+दोलखा, रामेछाप+सिन्धुली+काभ्रेपलाञ्चोक, रामेछाप+ओखलढुंगा र रामेछाप+सोलुखुम्बु) बसी अन्तर जिल्ला अपराधिक गतिविधि नियन्त्रा, सूचना आदान प्रदान आदिका विषयमा भएका निर्णयहरुको कार्यान्वय […]

गृह जिल्लामा आएर सेवा गर्न पाउदा निकै खुशी छु : प्रजिअ अर्जुन कुमार शर्मा

रामेछापका प्रमुख जिल्ला अधिकारी भएर आउन लाग्नुभएका अर्जुन कुमार शर्माले आफु जन्मे हुर्केको गृह जिल्ला रामेछापमा आएर सेवा गर्न पाउँदा निकै खुशि लागेको बताउनुभएको छ । उहाँले ईरामेछाप डटकमका सम्पादकसँग कुराकानी गर्दै बर्सौँदेखी जिल्लामा आएर नागरीकको सेवा गर्ने सपना बल्ल पुरा भएकोमा निकै खुशी लागेको बताउनुभयो । धेरै जिल्लाहरुमा प्रजिअ भएर काम गरिसक्नुभएका उहाँले रोमछाप […]