रामेछाप सहित विभिन्न ठाउँका नदी र खोलामा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

रामेछाप सहित विभिन्न ठाउँका नदी र खोलामा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

आज देशका केही नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले सूचनामार्फत् विशेष गरी कोशी, कर्णाली र यी नदीका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तै आज तिनाउ, पश्चिम राप्ती र बबईलगायतका मझौला नदीहरुमा पनि पानीको बहाव बढ्ने अनुमान छ । तर सतर्कता तह भन्दा तलै रहनेछ । प्रदेश नम्बर एकको इलाम, उदयपुर, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, वाग्मती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, बाग्लुङका नदी तथा खोलामा पानीको बहाव केही बढ्ने सम्भावना रहेको छ ।

यस्तै, लुम्बिनी प्रदेशको नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दिया तथा कर्णाली प्रदेशको सुर्खेत, सल्यान, लगायतका नदी तथा खोलामा पानीको बहाव केही बढ्ने अनुमान गरिएको छ।

सुदूरपश्चिमको डोटी लगायतका केही नदीमा पनि सामान्य रुपमा पानीको बहाव बढ्ने सम्भावना छ । यसैबीच अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको प्रभावले अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार