७७ वटै जिल्लालाई कोरोना सङ्क्रमितको उपचारका लागि पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन

७७ वटै जिल्लालाई कोरोना सङ्क्रमितको उपचारका लागि पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन

गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीहरुलाई कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले हिजो ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भन्दै आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेज तयारी अवस्थामा राख्न परिपत्र मार्फत निर्देशन दिएको हो ।

कोरोनाको पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पताल अहिले स्थगित गरिएकाले सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै अहिले अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न सूचना जारी गर्दै निर्देशन दिएको छ ।

सूचीकृत अस्पतालको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन पनि सूचनामा भनिएको छ ।

यस्तै सूचीकृत अस्पतालमा सङ्क्रमितको तथ्याङ्क र विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न पनि मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार