रामेछाप नगरपालिकामा यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा हुने

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन हुने भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन्न हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा यहि कार्तीक २३ गतेदेखि सन्चालन गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख सुकदेव नेपालले जानकारी दिनुभयो । रामेछाप नगरपालिका […]

मन्थली नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु भएको छ । कोरोना भाईरस कोभिड–१९ का कारण रोकिएका माध्यमिक विद्यालय तह कक्षा ११ को परिक्षा आजदेखि सुरु भएको हो । मन्थली नगरपालिका अन्गर्त रहेका ७ वटै माध्यमिक विद्यालयहरुले कोरोनाका कारण रोकिएको कक्षा ११ को वार्षिक परिक्षा आज बिहान ८ बजेदेखि सुरु गरेका छन । […]

रामेछाप मन्थलीका थप दश जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा आज थप दश जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि कार्तिक १६ गते स्वाब पठाइएका मन्थली नगरपालिकाका १२ जनामध्ये दश जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्थली नगरपालिकाका १९ ,२१ र ३५ वर्षका महिला ,३८ ,३५,२७,२६,२५,२५ र ३३ वर्षका […]

रामेछाप खाँडादेवीमा जीप दुर्घटना ३ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ५ गोगनपानीमा बोलेर जीप दुर्घटना भएको छ । आज विहान दोरम्बा गाउँपालिका वडा नम्बर २ बाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको जीप गोगनपानीमा दुर्घटना भएको हो । बा १९ च ४३७३ नम्बरको बोलेरो जीप दुर्घटनामा परी ३ जना घाईते भएको जिल्ला प्रहरीका कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक वशन्त पाठकले […]

रामेछाप प्रशासनद्धारा गेलुका आगलागी पीडित परिवारलाई राहत वितरण

रामछापको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुका आगलागी पीडितलाई जिल्ला प्रशासन रामेछापले राहत वितरण गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सहितको टोली गेलुमा पुगेर पीडित परिवारलाई राहत प्रदान वितरण गर्नुभएको हो । प्रजिअ शर्माले आगलागी पीडित मकर बहादुर बुढाथोकी, मनोज बुढाथोकी र नारायण बुढाथोकीको गरी तीन घरपरिवारलाई चालिस हजार रुपैयाँ राहत प्रदान […]

मोबाइल चोरेर बेचेको आरोपमा रामेछाप साँघुटारका श्रेष्ठ पक्राउ

महानगरीय प्रहरी परिसरको टोलीले विभिन्न ठाउँमा मोबाइल लुटेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । साथै, लुटेको मोबाइल बिक्री गर्न सहयोग गर्ने अर्का एकजनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ३४ वर्षीय इम्तियाज उद्दिनलाई मोबाइल लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो । यसैगरी, रामेछापको साँघुटार घर भइ काठमाडौं–१५ बस्ने ३४ […]

रामेछापका १२ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका १२ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा हालसम्म दुईहजार २७० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालमा १९९ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ७२४, रामेछाप नगरपालिकामा २७६ , उमाकुण्ड गाउँपालिकामा १९८, […]

१२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको ओरोपमा एक वृद्ध पक्राउ

१२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको ओरोपमा ओखलढुंगाको लिखुका एक वृद्ध पक्राउ परेका छन् । छिमेकी १२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा जिल्लाको लिखु गाउँपालिका ३ का ६६ वर्षीय लालबहादुर तामाङलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले बताउनु भएको छ  । पिडक तामाङले बालकलाई पैसा दिन्छु भनि फकाएर आफ्नै […]

गौरीशङकर माविले कक्षा ११ को परीक्षा कार्तीक २३ गतेदेखि सन्चालन गर्ने

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन गर्ने भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा यहि कार्तीक २३ गतेदेखि सन्चालन गरिने विद्यालय प्रशासनले एक सुचना जारी गरी […]

रामेछापका १६० जनाले जिते कोरोना

रामेछापका १६० जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १६२ जनामध्ये १६० जना निको भैसकेका छन भने २ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । संक्रमति १ जना जिल्ला अस्पताको आईसोलेसनमा र १ जना गोकुलगंगा अस्पतालमा उपचारत रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । हिजो मन्थली नगरपालिकाका दशजना र […]