रामेछापका युवा नेता सागरहरि अधिकारीमाथि आक्रमण

रामेछापका युवा नेता सागरहरि अधिकारीमाथि आक्रमण

अनेरास्ववियूका केन्द्रीय सदस्य एवं रामेछापका युवा नेता सागरहरि अधिकारीमाथि शुक्रबार साँझ काठमाण्डौँ कोटेश्वरमा आक्रमण भएको छ ।

अनेरास्ववियू रामेछापका पूर्व अध्यक्ष समेत रहनुभएका अधिकारीमाथि शुक्रबार साँझ ७ः०० बजेको समयमा गाउँको राजनीतिक विषयमा कुराकानी गर्नु छ भनी नेविसंघ कोटेश्वर बहुमुखी क्याम्पसका सभापति सञ्जय बुढाथोकी र कुले भनिने तरुण दलका नेता सुशिल बुढाथोकीले फोन गरेर काठमाडौंको कोटेश्वरमा बोलाइएको र बोलाएको ठाउँमा पुग्नासाथ योजनावद्ध रुपमा आक्रमण गरी गम्भीर घाईते बनाएको बताइएको छ ।

अधिकारीको टाउकोमा गहिरो चोट लागेको छ । यस घटनाप्रति एमाले रामेछाप र अनेरास्ववियू रामेछापले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन । उनिहरुले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई कारबाहिको माग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार