प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष तथा कलर कार्ड सेवा सुरु

प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष तथा कलर कार्ड सेवा सुरु

जिल्ला प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष र कलर कार्ड सेवा सुरु भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले आज प्रहरी कार्यालय रामेछापमा एक कार्यक्रमका बीच उक्त सेवा सुरु गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रजिअ शैजुले नागरिकलाई थप प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न यस्तो सेवाले निकै सहजता हुने बताउनुभयो । नागरिकमैत्री कार्यक्रमहरुमा स्थानीय तहको सहकार्य र समन्वय भएमा समाजको विकृति तथा अपराध न्यूनीकरण भई समुन्नत समाजको निर्माणमा टेवा पुग्ने उहाँको भनाई छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यक्रम रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले नागरिक सहायता कक्ष र कलर कार्ड सेवाले प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको अभिलेखीकरण, फरक–फरक रंग भएको सेवाग्राही सम्बन्धित शाखामा जान सजिलो हुन र सेवाग्राहिलाई सेवा लिनको लागि अन्य व्यक्तिको साहारा लिन नपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष विरेन्द्र श्रेष्ठले यस्तो किसिमको कार्यक्रमले प्रहरी सेवा प्रवाहमा थप गुणस्तरियता आउने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार