नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ रामेछापको अध्यक्षमा गणेश खड्का

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ रामेछापको अध्यक्षमा गणेश खड्का

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघले रामेछाप जिल्लामा पनि समिती गठन गरेको छ । नेपालका ७७ वटै जिल्लामा समिती गठन गर्ने योजना अनुसार आज रामेछापमा समिती गठन गरिएको हो ।

आज गठन गरिएको समितीमा अध्यक्षमा गणेश खड्का,उपाध्यक्षमा विष्णु कुमार प्रधान,सचिवमा भिम बहादुर पाण्डे,सहसचिवमा विकास राना र सदस्यहरुमा विरबल माझी र प्रवेश श्रेष्ठ निर्विरोध चयन भएका छन ।

रामेछापको ८ वटै स्थानिय तहबाट सहभागी हेभी इक्वीपमेन्ट अपरेटरहरुको प्रथम भेलाले उक्त समिती गठन गरेको हो ।

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर महासंघका अध्यक्ष सन्तोष कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आज प्रथम भेलाको आयोजना गरिएको थियो ।

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघले हेभी इक्वीपमेन्ट अपरेटरहरुको हक,हित र अधिकारमा काम गर्ने महासंघका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले जिल्लाका सबै अपरेटरहरुलाई यो संघमा आबद्ध हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार