रामेछापमा कोरोना संक्रमित घटे,आज ८ जनामा संक्रमण पुष्टि

रामेछापमा कोरोना संक्रमित घटे,आज ८ जनामा संक्रमण पुष्टि

रामेछाप जिल्लामा केहिदिनयता कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा ५ देखी १० जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ४७ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज जिल्ला अस्पतालमा ३ जना,खाँडादेवी गाउँपालिकामा ३ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा १ जना र तामाकोसी अस्पताल मन्थलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल संख्या ३ हजार २३ जना पुगेको छ । आज जिल्लामा १६ जनाले कोरोना जितेका छन ।

मन्थली नगरपालिकाबाट २ जना, रामेछाप नगरपालिकाबाट २ जना, खाँडादेवी गाउँपालिकाबाट १ जना र गोकुलगंगा गाउँपालिकाबाट ११ जनाले कोरोना जितेका हुन ।

यो सँगै जिल्लामा २८ सय ५४ जना कोराना संक्रमित उपचारपछि निको भएका छन । जिल्लामा अहिले १४६ जना कोरोनाका संक्रिय संक्रमित छन् । जिल्लामा कोरोना सङ्क्रमणबाट २३ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार