कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएको धेरै समयपछि पनि दोस्रो खोप लगाउन सकिने

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएको धेरै समयपछि पनि दोस्रो खोप लगाउन सकिने

कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको धेरै समय हुँदा असर कम हुने हो कि भन्ने भ्रममा नपर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाको अन्तरमा दोस्रो मात्रा लगाउनुपर्ने सुरुमा भनिए पनि खोप समयमा आइन पुग्दा ५ महिनापछि अहिले सरकारले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो र दोस्रो खोपको मात्राबीचको अन्तर धेरै भयो भन्दैमा असर कम नहुने बताउनुभयो ।

खोपका लागि अनलाइन फारम भरेपछि मन्त्रालयबाट जानकारी नआए पनि पालो आउँदा नजिकको खोप केन्द्रमा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

विज्ञहरूले गरेको अध्ययनले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

पहिलो मात्रा कोभिसिल्ड लगाएकाले दोस्रो मात्रा अस्ट्राजेनेकाको खोप लगाउन मिल्ने पनि सहप्रवक्ता अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार