रामेछापमा १८७ जना सङ्क्रमितले जिते कोरोना, ३ जना आईसोलेसनमा

रामेछापका १८७ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । आज मन्थली नगरपालिका घर भएका ३ जना महिला र ५ जना पुरुष कोरोना संक्रमण मुक्त भएका छन । यो सँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १८७ जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लाबाटै स्वाब पठाइएका हालसम्म १९० […]

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी 

कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका छन । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा […]

देशमा कोभिड–१९ को सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख बढी

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ जना पुगेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण गरिएकोमा १ हजार ९ […]

रामेछापका ८ वटै स्थानीय तहमा पठनपाठनको तयारी

सरकारले विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएसँगै रामेछापका स्थानीय तहले पनि विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन । कोरोनाको जोखिम नभएका र कम भएका ठाउँमा प्रदेश र पालिकाको निर्णयअनुसार विद्यालय खोल्न सकिने भनेर सरकारले यसअघि विद्यालय सञ्चालन कार्यढाँचा सबै स्थानीय तहमा पठाइसकेको छ । रामेछाप जिल्लाका २ नगरपालिका तथा ६ गाउँपालिकामध्ये २ स्थानीय तहले […]

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा

कक्षा १२ को भोलि देखि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण वैशाखमा हुने भनिएको परीक्षा भोली देखि हुन लागेको हो । राष्ट्रिय परीक्षाका बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षाको तयारी सकिएको र ‘स्वास्थ्यको मापदण्ड पालना गरेर ढुक्कका साथ विद्यार्थीले परीक्षा दिन सक्ने बताउनुभयो । […]

भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको भन्दै उहाँले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उहाँले सरकार मुलुकको समृद्धिका लागि […]

नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १०हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । […]

भटौलीका आगलागी पीडितलाई रामेछाप प्रशासनद्धारा २ लाख राहत प्रदान

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख रुपैयाँ राहत प्रदान गरेको छ । शनिबार भएको आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल पीडितको घरमै पुगेर राहत प्रदान गरेको हो । आगलागी पीडित कृष्ण रम्तेललाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राहत स्वरुप २ लाख नगद प्रदान गर्नुभएको छ […]

सिन्धुलीमा पीसीआर प्रयोगशाला स्थापना, आजबाट जिल्लामै पीसीआर जाँच हुने

आजबाट सिन्धुलीमै कोरोना भाईरस(कोभिड १९) को पीसीआर परीक्षण हुनेभएको छ । बाग्मती प्रदेश सरकारको करिब एक करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ लागतमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै जिल्लामै पीसीआर जाँच हुने भएको हो । कमलामाई नगरपालिका –६ शिवनगरमा पीसीआर मेसिन जडान गरि प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ । हिजो शनिबार बागमती […]

नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै

नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै गएको छ । हालसम्म दुई लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा शनिबारसम्म एक लाख ९३ हजार ३२५ व्यक्ति उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हाल देशभर २४ हजार नौजना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ […]