दसैँ अवधिमा रामेछापमा ६ सय ५० सवारी साधन कारबाहीमा
रामेछापमा दसैँको अवधिमा नियम विपरीत सञ्चालन भएका ६ सय ५० सवारी साधन कारबाहीमा परेका छन् । नियमविपरीत सञ्चालित सवारी साधनलाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो । ट्राफिक प्रहरीले कार्तिक १ गतेदेखि ११ गतेसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेर ६ लाख ५० हजार रुपैयाँ राजस्व […]