रामेछापमा आगोले जलेर गम्भीर घाईते भएकी महिलाको मृत्यु

रामेछापमा आगोले जलेर गम्भीर घाईते भएकी महिलाको मृत्यु

रामेछापमा आगोले जलेर गम्भीर घाईते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका–११ काउले डाँडागाँउका सुरजसिंह तामाङकी ४२ वर्षीया श्रीमती साईलीमाया तामाङको खाना पकाउने क्रममा जलेर मृत्यु भएको हो । बिहिबार घरमा खाना पकाउने क्रममा उनको शरीरमा आगो सल्केको थियो ।

शरीरमा आगो सल्किएपछि जलेर उनी गम्भीर घाईते भएकी थिइन् । गम्भीर घाईते भएकी उनको काठमाडौँस्थित किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रामेछाप प्रहरीका सूचना अधिकारी दिनेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । गत चैत्र अन्तिम हप्ता रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानो गाउँमा पनि आगलागीमा परी गम्भिर घाइते एक वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार