रामपुर स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना २ जना घाईते

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापमा आज एम्बुलेन्स दुर्घटना भएको छ । वडा नं ५ रामपुर स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको हो । बाग्मती प्रदेश–०३००१ झ ००९४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक सहित दुईजना घाईते भएका छन । एम्बुलेन्स चालक वर्ष २१ का रोसन तामाङ र एम्बुलेन्समा सवार बिरामी वर्ष ८८ का सम्बर बहादुर […]

रामेछापमा माओवादीका रवीन्द्र पौडेल र डिल्लीमान तामाङले उम्मेदवारी फिर्ता लिए

रामेछापमा प्रदेशसभातर्फ उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गठबन्धनबाट रामेछापको प्रदेशसभा ‘१’ र ‘२’ मा आधिकारिक उम्मेदवारलाई सघाउने गरी उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेशसभा १ मा माओवादी नेता रवीन्द्र पौडेल र २ मा डिल्लीमान तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । गठबन्धनबाट माओवादीले १ मा तारानारायण श्रेष्ठ र २ […]

इजाजत प्राप्त हतियार बुझाउन रामेछाप प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासन कार्यालयले कात्तिक ५ गतेभित्र नागरीकहरुलाई हातहतियार बुझाइ सक्न निर्देशन दिएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो । […]

निर्वाचनका लागि रामेछापमा ११ सय म्यादी प्रहरी छनोट

रामेछापमा निर्वाचन सुरक्षार्थका लागि एक हजार एक सय म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा रामेछापमा एक हजार एक सय म्यादी प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनुभयो । जिल्लामा पुरुष ७ सय ५८ र […]

रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारले उम्मेद्वारी दर्ता गराए

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको लागि नेपाली काँग्रेसका पुर्ण बहादुर तामाङ (कान्छाराम) र दुई प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट तारानारायण श्रेष्ठ र युवराज चौलगाईंले उम्मेद्वारी दर्ता गराउनुभएको छ । बाजागाजा सहित उम्मेदवारी दर्ताका लागि काँग्रेसका नेता कार्यकर्तासहित उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । […]

रामेछापमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारद्धारा उम्मेदवारी दर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा रामेछापमा नेकपा एकीकृत समाजवादीले पनि मनोनयन दर्ता गराएको छ । समाजवादीले रामेछापबाट प्रतिनिधिसभा सदस्य तर्फ देवशंकर पौडेल, प्रदेशसभा सदस्य क मा रमेशकुमार बस्नेत र प्रदेश ख मा झम्क कंडेलले मनोनयन दर्ता गराउनुभएको हो ।

रामेछापमा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराए

रामेछापमा नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुले आ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निकै तामझामका साथ उम्मेदवारी दर्ताका लागि एमालेका नेता कार्यकर्तासहित उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । प्रतिनिधिसभा सदस्यका लागि कैलाश प्रसाद ढुङ्गेल, प्रदेशसभा सदस्य क मा शान्ति प्रसाद पौडेल र प्रदेश ख मा […]

रामेछापको गुन्डुखोलामा बस दुर्घटना, १३ जना घाइते

रामेछापको खाँडादेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ४०४८ नम्बरको यात्रुवाहक बस आइतबार खाँडादेवी ३ भीरपानीको सित्खा नजिकै गुन्डुखोला भन्ने ठाउँमा दुर्घटनामा परेको छ । दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् । घाइतेहुनेहरुमा खाँडादेवी ७ पात्लेका अन्दाजी ३४ वर्षका युबराज तामाङ,वर्ष २९ का अजय तामाङ, वर्ष २७ का सुस्मिता तामाङ,वर्ष २३ का रस्मि तामाङ,बर्ष […]

यात्रुसँग बढी भाडा लिने दुई माईक्रोबसले बढी लिएको भाडा फिर्ता गरे

तोकिएको भन्दा धेरै भाडा असुलेर यात्रु ओसार्ने २ वटा सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय रामेछापले बढी लिएको भाडा रकम सम्बन्धित यात्रुलाई फिर्ता गराएको छ । दुई कार्यालयको समन्वयमा यातायात साधनहरुलाई शुक्रबार मन्थली आसपास चेकजांच गर्ने क्रममा मालुखोलाबाट काठमाण्डौं जान थालेका दुई माईक्रोबसलाई कारवाहि स्वरुप जरिवाना समेत गरीएको छ । जिल्ला प्रहरी कार्यालयका […]

रामेछापमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठवन्धनको उम्मेदवारहरुको अझै टुंगो लागेन

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि रामेछापबाट गठवन्धनको उम्मेदवारहरुको अझै टुंगो लाग्न सकेको छैन । गठवन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) को करिव टुंगो लागेको छ भने प्रदेश सभाका लागि उम्मेदवारको टुंगो लागिसकेको छैन । प्रदेश क मा काँग्रेस माओवादी केन्द्र र […]