रामेछापका युवा सुन्दर घिमिरे भारतमा सम्मानित

रामेछापका युवा सुन्दर घिमिरे भारतमा सम्मानित

रामेछापका युवा सुन्दर घिमिरे भारतमा सम्मानित हुनुभएको छ । भारतको नयाँ दिल्लिमा संचालित पिपल्स फोरम फर राईज अफ साउथ एसिया कार्यक्रममा घिमिरे सम्मानित हुनुभएको हो । दुई दिनसम्म चलेको कार्यक्रममा विभिन्न देशका युवाहरू सँगै रामेछाप नगरपालिका वडा नं ४ स्थायी निवासी घिमिरेलाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा घिमिरेसहित लाभा मोबाइल्सका सहसंस्थापक विशाल सहगल, रजनीश कुमार सचिव ,राजघाट, डा. गीता आर ठाकुर डीन, विद्यार्थी कल्याण, वेदव्यास कुण्डु, डा.ओमप्रकाश कंसल लगायतका विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । उहाँहरुलार्ई PFFROSA Youth Leadership  Awards बाट सम्मानित गरिएको घिमिरेले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा एआरएसपी फाउन्डेसनका महासचिव सञ्जय भल्ला र यस पहलका आयोजक युवसत्ता एनजीओका संस्थापक प्रमोद शर्माले सबैको हितका लागि कुनै पनि अभियानलाई अन्तिम रूप दिनको लागि लगनशीलता र निरन्तरताका आवश्यक रहेको बताउनुभयो ।
महात्मा गान्धीको राष्ट्रिय स्मारक (समाधी) राजघाटमा दक्षिण एसियाको ऐक्यबद्धताका लागि सबै सहभागी प्रतिनिधिहरूद्वारा सामाजिक परिवर्तनका महात्मा गान्धीका विचारहरू र प्रार्थनाहरू पुन अवलोकन गर्दै गान्धी दर्शनमा अन्तरक्रियात्मक सत्रको साथ कार्यक्रमको समापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार