प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई सङ्क्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजीपी […]

रामेछापका ५३० जनाको पीसीआर परीक्षण, ५६ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ५ सय ३० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय […]

रामेछाप हिलेपानी भालुखोप सडक कालोपत्रै हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नम्बर ७ मा पर्ने हिलेपानी भालुखोप सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढेको छ । अहिले सडक कालोपत्रे गर्नका लागि धमाधम काम भैरहेको वडानम्बर ७ का वडाअध्यक्ष समीर कार्किले जानकारी दिनुभयो । जम्मा १ करोड ५९ लाख लागतमा बाग्मती प्रदेशको ८४ लाख र बाँकी […]

वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु

सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा आज टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गर्नुभएको हो । मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेट रुपका रुपमा इम्बोस्ड प्लेट देशभरका […]

सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन सुरु

चितवनको कुसुमखोलामा सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन गर्न बनाइएको समितिले काम सुरु गरेको छ । यसका लागि वन मन्त्रालयको टोली चितवन गएको छ । कुसुमखोला घटना विवादित बनेपछि वन मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालको नेतृत्वमा तीन सदस्यीय टोली छानबिनका लागि बनाइएको थियो । टोलीमा निकुञ्ज विभागका उपसचिव बिमल आचार्य र अधिकृत हेमराज आचार्य पनि […]

श्रमिकको नयाँ ज्याला दर निर्धारण

नुवाकोटका विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरूको लागि यस वर्षको दैनिक ज्याला दर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि श्रमिकहरूको नयाँ ज्याला दर निर्धारण गरेको हो । श्रमिक सङ्गठन, निर्माण व्यवसायी, नुवाकोट उद्योग वााणिज्य संघ, विकास निर्माणका क्रियाकलाप गर्ने सरकारी कार्यालय लगायतसँगको परामर्श, नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित ज्यालादर सूचाङ्क […]

एक प्रहरीले गर्छन् झण्डै नौसय नागरिकको सुरक्षा

नुवाकोटमा एक जना प्रहरीले झण्डै नौसय नागरिकको सुरक्षा गर्नु पर्ने दायित्व रहेको छ । दरवन्दी अनुसार प्रहरी नहुँदा शान्तिसुरक्षामा प्रभावकारिता हुन नसकेको स्वयम् प्रहरीले जनाएको छ । २ नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेको पहाडी संरचनाको नुवाकोटमा सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न मजबुत योजनासहित प्रहरी परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । […]

तातोपानी नाकाबाट आयात ठप्प, सडक विभागले चासो नदिँदा सडक मर्मत हुन सकेन

अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि नेपाल– चीन व्यापारीक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुन सकेको छैन । चीनमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेपछि २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुन सञ्चालनमा […]

पहिरोका कारण सिन्धुली सहित विभिन्न सडकखण्ड बन्द

सिन्धुली । केही दिनदेखि परिरहेको पानीका कारण पहिरो खस्दा विभिन्न सडकखण्ड बन्द भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा खसेको पहिरोका कारण वीपी राजमार्ग बन्द भएको छ । सिन्धुलीमा बिहान पौने १२ बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ । यस्तै धादिङ र चितवनको सीमामा […]

राप्रपा चितवनद्धारा उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

चितवन ।अविरल बर्षाको कारण चितवन जिल्लामा बाढी र पहिरोले पु¥याएको क्षतिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिती चितवनले दुुःख व्यक्त गरेको छ । नारायणी, राप्ती, रिउ, कयर लगायतका नदिमा आएको बाढी तथा पहाडी क्षेत्रमा गएको पहिरोमा परि जनधनको क्षती भएको प्रती आज (शनिवार) विज्ञप्ती जारी गरि दुःख व्यक्त गरेको हो ।  वर्षायामको शुरुवातसँगै बाढी, पहिरोलगायतका प्राकृतिक […]