रामेछापमा संस्कृति तथा पर्यटनको क्षेत्रमा योजना माग भएमा बजेटको व्यवस्थापन गर्छु : मन्त्री श्रेष्ठ

बाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले रामेछापको संस्कृति र पर्यटनको क्षेत्रमा योजना माग भएमा बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज नेपाली कांग्रेस रामेछाप नगरको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले रामेछापका विभिन्न पर्यटकिय तथा ऐतिहासिक ठाउँहरुमा पूर्वाधार निर्माण,संरक्षण सम्बद्र्धन लगायतका क्षेत्रमा प्रदेश सरकारले काम गर्ने […]

महिलामाथि हुने सबै किसिमका विभेद अन्त्यका लागि सबैले प्रण गरौँ : प्रशासकिय अधिकृत लामगादे

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले महिलामाथि हुने सबै किसिमका विभेद अन्त्यका लागि सबैले प्रण गर्नुपर्ने बताउनुभयो । उहाँले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गर्नुभयो । परम्पराकै नाममा कायम रहेका कतिपय अन्धविश्वास […]

जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविर सुरु,आज ३५८ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आजदेखी निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाडौँको प्रायोजन,स्वास्थ्य कार्यालय,जिल्ला अस्पताल र रामेछाप नगरपालिकाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो । आज शिविरमा ३५८ जनाले सेवा लिएका छन । दन्त परीक्षण तथा उपचारमा २३० जना र हार्डजोर्नीमा १२८ जनाले सेवा लिएको जिल्ला अस्पताल […]

रामेछाप भंगेरीमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती घाइते

रामेछापमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती घाइते भएकी छन । रामेछाप नगरपालिका वडा नं ८ भंगेरीका वर्ष ३७ का प्रकाश श्रेष्ठले २८ वर्षिया श्रीमती नम्रता श्रेष्ठलाई खुकुरी प्रहार गरेका हुन । मादक पदार्थ सेवन गरेका श्रेष्ठले आईतबार साँझ घरायसी विवादमा श्रीमतीको घाँटी रेट्ने प्रयास गरेका थिए । श्रीमतीलाई खुकुरी प्रहार गरेका श्रेष्ठले श्रीमती भागेर बाँच्न […]

निशान बचत तथा ऋण सहकारी संस्थाले मनायो १० औँ स्थापना दिवस

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा रहेको निशान बचत तथा ऋण सहकारी संस्थाले १० औँ स्थापना दिवस संस्थाका सदस्यहरुसँग अन्तरकृया कार्यक्रम गरेर मनाएको छ । १० औँ स्थापना दिवसको अवसरमा संस्थाले हालसम्म हासिल गरेका उपलब्धि तथा संस्थाको दिगोपनाका लागी पुँजी वृद्धि लगायतका बारेमा सदस्यहरुसँग छलफल गरिएको संस्थाका व्यवस्थापक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो । […]

मन्थलीमा ट्याक्टर दुर्घटनामा बेपत्ता भएका चालक मृत अवस्थामा फेला

रामेछापको मन्थली नगरपालिका ७ स्थित मध्य लोकमार्गको आकाशे भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा बेपत्ता ट्याक्टरका चालक मृत अवस्थामा भेटिएका छन । मन्थली नगरपालिका वडा नं.२ करमबोट बस्ने बर्ष २२ का ट्याक्टर चालक सरोज माझीको शव करिब ७५ मिटर तल तामाकोशी नदीमा भेटिएको रामेछाप प्रहरीले जनाएको छ । आज (आईतबार) दिउँसो १२ः३५ बजेको समयमा मन्थलीबाट भटौली तर्फ […]

मन्थलीमा ट्याक्टर दुर्घटना,चालक बेपत्ता,सहचालक घाईते

रामेछापको मन्थली नगरपालिका ७ स्थित मध्य लोकमार्गको आकाशे भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको छ । आज (आईतबार) दिउँसो १२ः३५ बजेको समयमा मन्थलीबाट भटौली तर्फ जादै गरेको ज १ त ८३१८ नं.को खाली ट्याक्टर सडकबाट अन्दाजी १०० मिटर तल तामाकोशी नदिमा खसेर दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ट्याक्टरका सह–चालक रामेछापको खाँडादेवी गाउँपालिका […]

रामेछाप देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल तरुण दल रामेछाप नगरपालिका वडा नं २ देउरालीले आयोजना गरेको उक्त प्रतियोगिता यहि फाल्गुन २७ र २८ गते हुने वडासदस्य सुशिलहरि बख्रेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजार,द्धितिय हुनेले नगद ३० हजार र तृतिय हुने […]

रामेछाप र मन्थली नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन

वातावरण संरक्षण परियोजना रामेछापले मन्थली नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन गरेको छ । पुष्कर भट्टराईको अध्यक्षतामा ११ सदस्य मन्थली नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन गरिएको हो । यस्तै हरि कुमार कार्कीको अध्यक्षतामा ९ सदस्य रामेछाप नगरस्तरिय वातावरण संरक्षण सरोकार समाज गठन गरेको छ । रामेछाप र मन्थली नगरपालिकामा वातावरण संरक्षणको क्षेत्रमा योगदान गर्ने […]

फोहोर ब्यबस्थापन तालिम सम्पन्न, स्थानियले कम्पोस्ट मल बनाउन सिके

रामेछापको मन्थली नगरपालिका वडा नं १ कि स्थानिय सीता कुमारी श्रेष्ठले फोहोरलाई घटाएर मन्थलीलाई सफा सहर बनाउन आफु लागिपर्ने बताउनुभयो । वातावरण संरक्षण परियोजना रामेछापको आयोजनामा सञ्चालित फोहोर ब्यबस्थापन तालिममा कम्पोस्ट मल बनाउन सिकेपछि उहाँले फोहोरलाई मोहोरमा परिणत गर्ने बताउनुभयो । हसेरा नेपाल नामक गैससबाट तालिम दिन रामेछाप आउनुभएका प्रशिक्षक बिबेक धितालले खेर गैरहेका प्लाष्टिको […]