रामेछाप बजारमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमूना मतदान

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि रामेछापमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले रामेछाप नगरपालिकाको रामेछाप बजार नजिकै रहेको गौरीशंकर क्याम्पसको प्राङग्णमा आज नमूना मतदान गरेको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिन्ह बाहेकका चिन्ह प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो । मत बदर नहोस भनि […]

दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई कसरी भोट हाल्ने ?’ – कमनसिं मोक्तान

नेकपा माओवादी केन्द्रका नेता एवं दोरम्बाशैलुङ्ग गाउँपालिकाका निवर्तमान अध्यक्ष कमन सिं मोक्तानले दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउने उम्मेद्वारलाई कसरी भोट हाल्ने भन्दै मतदातालाई प्रश्न गरेका छन् ।‌ सोमबार लोकतान्त्रिक बाम गठबन्धन दलका उम्मेद्वारले दोरम्बाशैलुङ्गको वडा न ७ लखनपुरमा आयोजना गरेको चुनावी सभामा भनाइ राख्ने क्रममा एमालेबाट रामेछाप प्रदेश सभा (ख) को उम्मेद्वार रहेका मिलन […]

रामेछापमा मतदान गर्ने तरिकाबारे मतदाता अलमलमा

रामेछापमा उम्मेदवारहरू मत माग्दै घरदैलो पुगिरहे पनि मतदाताले भने मतदान गर्ने सहि तरिका थाहा पाउन सकेका छैनन् । कतिपय पहिलो पटक मत हाल्न जाँदैछन् भने दोहो¥याएर मतदान गर्न लागेकाहरू पनि कसरी भोट दिने अन्यौलमा देखिएका छन् । यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत बदर हुन नदिन दिइनुपर्ने मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा […]

निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी,उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ । निर्वाचनको ३ दिन पहिले नै मौन अवधि सुरु हुने भएकाले दल र दलका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । देशभर चुनावी माहोल बनेकाले उम्मेदवारहरूलाई चुनावी कार्यक्रम गर्न भ्याइनभ्याई छ । पार्टीका शीर्ष नेतादेखि नेता कार्यकर्ता सबै यतिबेला घरदैलो अभियानमा व्यस्त […]

रामेछापका पत्रकारलाई निर्वाचन आचारसंहिताको विषयमा अभिमुखिकरण

जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचन आचारसंहिताको विषयमा मिडिया अभिमुखिकरण कार्यक्रम गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वस्थ, निश्पक्ष र विश्वसनिय बनाउन उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी जिल्लाका पत्रकारहरुलाई जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर कुमार शाहले निर्वाचनमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा जानकारी गराउनुभएको थियो । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा […]

रामेछापको प्रितीमा ट्याक्टर पल्टिदाँ एकको मृत्यु

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ को प्रितीमा ट्याक्टर पल्टिदाँ एक जनाको ज्यान गएको छ । लिखुको बेनी मेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर साविकको प्रिती गाविसको संसारीडाँडा भन्ने ठाउँमा पल्टीदाँ ट्याक्टरमा सवार स्थानीय प्रेमबहादुर सुनुवारको घटनास्थलमै ज्यान गएको रामेछाप प्रहरीले जानकारी दिएको छ । घटनामा अन्य तीन जना घाइते […]

नागरीक भछन : रामेछापका नेता आश्वासन बाड्छन्, विकास गर्दैनन्

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा रामेछाप जिल्लामा मतदाता त्यती उत्साहित देखिएका छैनन् । राजनीतिक दलहरूले यतिबेला सर्वसाधारण नागरिकलाई विभिन्न आश्वासन बाडेर योजना दिने नाउँमा भोट माग्दै हिडिरहेका छन् । सधैं झैँ यो पालिको चुनावमा पनि मतदाताको घरदैलोमा तिनै पूराना नेताको अनुहार देखिन्छ । गाउँमा विकास निर्माणका योजना दिने, […]

रामेछापमा अब वडाबाटै राष्ट्रिय परिचयपत्र बनाउन सकिने

रामेछाप जिल्लामा शुक्रबारदेखि राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्यालयको समन्वयमा उक्त अभियान सुरु गरेको हो । शुक्रबार मन्थलीमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक तीर्थराज भट्टराईले अभियान अन्तर्गत जिल्लाका ६४ वटै वडा र जिल्ला प्रशासन कार्यालयमा विषेश टोली परिचालन हुने बताउनुभयो । एउटा वडामा बढीमा १५ दिनभित्र […]

गोकुलगंगा गाउँपालिकामा मतदाता शिक्षा सम्बन्धि एक दिने अनुशिक्षण

रामेछापको गोकुलगंगा गाउँपालिकामा मतदाता शिक्षा सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाेकुलगंगा गाउँपालिकास्तरीय मतदाता शिक्षा समन्वय समितिको अायाेजनामा पालिका भित्रका सबै सामुदायिक विद्यालयका प्र.अ, ६ वटै वडाका वडा सचिब, सबै वडाका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई मतदाता शिक्षा सम्बन्धि १ दिने अनुशिक्षण दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले जानकारी दिनुभयो । […]

नेकपा (माले) रामेछापको घोषणापत्र सार्वजनिक

पत्रकारीता क्षेत्रमा आबद्ध एवं प्रतिनिधिसभाका उम्मेद्वार मोहन कार्कीको नेतृत्वमा बुधबार मन्थलीको एस एस एभर ग्रीन होटलमा पत्रकार भेटघाट गरि पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । हंसिया र तारा चुनाव चिन्ह् लिएर निर्वाचनमा होमिएका कार्की सहितको टिमले ३१ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ।  क्रान्ति बिना मुलुकमा परिवर्तन सम्भवन नभएको घोषणापत्रमा उल्लेख छ। सो पार्टीले […]