प्राथमिक तह तृतीय श्रेणीका लागि रामेछापमा ८६ जना शिक्षकको लागि आवेदन माग

प्राथमिक तह तृतीय श्रेणीका लागि रामेछापमा ८६ जना शिक्षकको लागि आवेदन माग

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका ४ हजार ४ सय ६२ शिक्षकका लागि विज्ञापन खुलाएको छ । आयोगले आज विभिन्न समूहमा सात वटै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।

सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ हजार १ सय ३, कोशीमा १ हजार ७७, गण्डकीमा ८ सय, मधेशमा ५ सय ८, लुम्बिनीमा ४ सय ९५, सुदूरपश्चिममा ३ सय २ र सबैभन्दा कम कर्णालीमा १ सय ७७ जनाका लागि आवेदन माग भएको छ ।

जसमध्ये रामेछापमा ८६ जनाको लागि आवेदन माग गरिएकोमा खुलातर्फ ४७, महिला कोटामा १२, दलित महिला १, आदिवासी जनजाती १०, दलित पिछडावर्ग वा अल्पसंख्यकमा ९, दलितमा ३ तथा अपांगता र पिछडीएको क्षेत्रबाट २/२ जनाको आवेदन माग गरिएको छ ।

योग्यता पुगेका इच्छुकले अनलाइनबाट जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै दोब्बर दस्तुरमा जेठ २० गतेसम्म आवेदन भर्न सकिने शिक्षक सेवा आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार