रामेछापको खाँडादेवीमा बोलेरो गाडी दुर्घटना हुँदा १५ जना घाइते

रामेछापको खाँडादेवीमा बोलेरो गाडी दुर्घटना हुँदा १५ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिकामा आज(बुधबार) बोलेरो गाडी दुर्घटना भएको छ । दिउँसो अन्दाजी २ : ४५ बजेको समयमा भएको दुर्घटनामा १५ जना घाइते भएका छन ।

खाँडादेवी गाउँपालिका ४ सान्नेफेदी स्थित त्रिबेणी तर्फबाट सान्ने तर्फ जादै गरेको बा ६ च ९१६२ नम्बर को बोलेरो गाडी दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

गाडी गुडिरहेको अवस्थामा अचानक ब्याक भई सडकमा पल्टदा बोलेरोमा सवार मध्य १५ जना घाइते भएका हुन । घाईतेलाइ जिल्ला प्रहरी कार्यालय रामेछापबाट गएको प्रहरी टोलीले उद्दार गरी मन्थली अस्पतालमा उपचारको लागी ल्याएको हो । घाईते सबैको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गाडीको चालक रामेछापको मन्थली नगरपालिका ७ मुगीटार बस्ने बर्ष अन्दाजी वर्ष ३६ को अरुण माझी लाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार