रामेछापको सदरमुकाम मन्थलीमा स्कुटर दुर्घटना हुँदा महिलाको मृत्यु

रामेछापको सदरमुकाम मन्थलीमा स्कुटर दुर्घटना हुँदा महिलाको मृत्यु

रामेछापको सदरमुकाम मन्थलीमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका १ की ३५ वर्षीया सरस्वती माझीको दुर्घटनामा परी ज्यान गएको हो ।

गएराति दुर्घटनामा परि गम्भीर घाईते भएकी माझीको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । मृतक माझी सवार बा ७२ प ९१७२ नम्बरको स्कुटर गएराति मन्थलीबाट तिनलालपार्कतर्फ जाने क्रममा मन्थली नगरपालिका १ हाटेचौरस्थित सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकी उनलाई उपचारको लागी मन्थली अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार