रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा तर छलफल भने प्रभावकारी भएन

रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा रहे पनि छलफल राम्रोसँग हुन सकेको छैन । स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन र स्थानीय सरकार सञ्चालन ऐन अनुसार अघि बढ्दा हिजोआज पालिकाहरूलाई वडाको बजेट सीमा भित्रका र अन्य महत्वपूर्ण आयोजनालाई प्राथमिकता निर्धारण गर्न भ्याइनभ्याइ हुनुपर्ने भए पनि रामेछापका अधिकांस स्थानीय सरकार योजना सम्झौता, पेस्की र भुक्तानीमै व्यस्त बनिरहेका […]

बिनु यादवले तोडिन आमरण अनसन

१५ दिनदेखि अनशनरत बिनु यादव र सरकारबीच चारबुँदे सहमति भएको छ । सहमतिपछि यादवले अनशन तोड्नुभएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि हिजो बेलुका जुस पिलाएर यादवको अनशन तोड्नुभएको हो । बिनु यादवको मागमध्ये पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदन कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय […]

बागमती प्रदेशमा गाडी भाडा घट्यो

बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन भएपछि नयाँ […]

रामेछाप नगरपालिकाले बजार व्यवस्थापन नगर्दा व्यवसायी पलायन

रामेछाप नगरपालिकाले बजार व्यवस्थापन नगर्दा व्यवसायीहरु पलायन हुन थालेका छन् । बजार क्षेत्र विस्तारमा स्थानीय सरकारले ध्यान नदिएका कारण व्यवसायबाट पलायन हुनु पर्ने अबस्था आएको व्यापारीहरु बताउँछन् । बजार क्षेत्र साँघुरो हुँदा ग्राहकको उपस्थिति घटेको एक दशकदेखि व्यवसाय गर्दै आएका नविन मगर बताउनुहुन्छ । नगरपालिकाले बजार विकास र विस्तारको काम गर्न नसक्दा ग्राहक घटेको अर्का […]

रामेछाप सैपुमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका २९ वर्षीय युवक सुवास कार्कीको मृत्यु भएको छ । सोमबार लिखु नदीमा व्याट्रीबाट करेन्ट जोडेर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको स्थानीयहरूले बताएका छन् । कार्कीको घटनास्थलमै मृत्यु भएको हो । लिखु नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम केही वर्ष अघिदेखि चल्दै आएको छ […]

लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना

तोकिएभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि रामेछापको सदरमुकाम मन्थलीको लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निरीक्षणको क्रममा पुरानै बिल प्रयोग गरी सरकारले तोकेभन्दा बढी मूल्यमा इन्धन बिक्री गरेको भेटिएपछि उक्त जरिवाना गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले नागरिकको गुनासोका आधारमा निरीक्षणको […]

शारदा संस्कृत मावीमा सामुहिक व्रतबन्ध

रामेछाप जिल्लाको एक मात्रै संस्कृत विद्यालय श्री शारदा संस्कृत माध्यमिक विद्यालयमा सामुहिक व्रतबन्ध गरिएको छ । सोमबार(आज) विद्यालय प्राङ्गणमा १७ जनाको सामुहिक व्रतबन्ध गरिएको हो । धर्म संस्कृति,परम्परा र रितिरिवाजको संरक्षणका लागि विद्यालयले पहिलो पटक सामुहिक व्रतबन्ध कार्यक्रम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद घिमिरेले बताउनुभयो । अबदेखि हरेक वर्ष विद्यालयले यस्तै सामुहिक व्रतबन्ध […]

नयाँ सारथी लघुबित्तद्धारा मृतक परिवारलाई बिमा रकम भुक्तानी

नयाँ सारथी लघुबित्त बित्तिय सस्था लिमिटेड रामेछाप शाखाले मृतक सदस्यका घर परिवारलाई बिमा रकम भुक्तानी गरेको छ । संस्थाले रामेछाप नगरपालिका ८ का सदस्य हरिमाया तामाङका श्रीमानको मृत्यू पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो । सदस्य हरिमाया तामाङले संस्थाबाट ३ लाख ३० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार […]

काठमाडौंमा रामेछापकी एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या

रामेछापका एक महिलाले काठमाडौंमा शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ४ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको त्यहाँका प्रहरी सहायक निरीक्षक श्याम तामाङले जानकारी दिनुभयो । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी […]

वार्षिकोत्सको अवसरमा शारदा संस्कृत माविलाई खाद्यान्न सहयोग

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रामेछापले शारदा संस्कृत माध्यमिक विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले शुक्रबार (आज) रामेछाप जिल्लाकै एक मात्र संस्कृत माविलाई खाद्यान्न सहयोग गरेको हो । सस्ंथाको ११ औँ वार्षिकोत्सको अवसरमा उक्त विद्यालयमा छात्रवासमा बसेर कर्म काण्ड तथा संस्कृत पढिरहेका विद्यार्थीहरुलाई खाद्यान्न उपलब्ध गराइएको संस्थाका रामेछाप शाखा प्रमुख बद्री सुवेदीले जानकारी […]