राष्ट्रिय दलित पत्रकार संघ रामेछापको अध्यक्षमा नवराज विक

राष्ट्रिय दलित पत्रकार संघ रामेछापको अध्यक्षमा नवराज विक

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा नवराज विक चयन हुनुभएको छ । शनिवार(आज) मन्थलीमा सम्पन्न भएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल जिल्ला कार्यसमिति रामेछापको दोस्रो अधिवेशनले विकको नेतृत्वमा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जना रसाइली, सचिवमा राज लोहनी, सह–सचिवमा कुमार मिजार र कोषाध्यक्षमा सम्झना उपरकुटी चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरूमा शर्मिला विशुन्के र कल्पना रसाइली चयन हुनुभएको छ । अधिवेशनले केन्द्रीय पार्षद् र प्रदेश पार्षद् पनि चयन गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष लेखबहादुर विक र रामचन्द्र विक केन्द्रीय पार्षद् र मिलन घिमिरे प्रदेश पार्षद्मा चयन हुनुभएको छ ।

कार्यक्रमका अवसरमा पत्रकार रामचन्द्र विकलाई सम्मान गरिएको छ । पत्रकार विक विगत एक दशक भन्दा बढी समयदेखि रामेछाप जिल्लाबाट स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यमहरूमा क्रियाशील हुनुहुन्छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा संघको दोस्रो अधिवेशनको उद्घाटन सत्र भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार