वनमा आगो लगाउने रामेछापका महत पक्राउ

वनमा आगो लगाउने रामेछापका महत पक्राउ

वनमा आगो लगाउँदै हिडेका एक युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । ।रामेछाप नगरपालिका–३ मा रहेको कालिदेवी सामुदायिक वनमा आगो लगाउँदै हिडेका सोही स्थानका १९ वर्षीय सुवास महतलाई पक्राउ गरिएको हो ।

उनले वनमा आगो लगाउँदै हिडेको अवस्थामा स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले दिएको सो सूचनाको आधारमा प्रहरीले महतलाई पक्राउ गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेको महतलाई डिभिजन वन कार्यालय रामेछापमा बुझाई वन ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । यो वर्ष रामेछापमा आगोलागीले धेरै क्षती गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार