एकै दिन रामेछापमा आगलागीबाट १७ वटा घर गोठ जले

एकै दिन रामेछापमा आगलागीबाट १७ वटा घर गोठ जले

आईतबार एकै दिन रामेछापमा आगालागीबाट १७ वटा घर गोठ जलेका छन । रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारको ठाडा खोलामा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । दिउँसो १२ बजेको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा यति धेरै क्षति भएको हो । आगलागीबाट दिर्घमान श्रेष्ठको १ वटा ढुङ्गाको छाना र २ वटा खरको छाना भएको घर जलेर नष्ट भएको छ ।

सोही ठाउँका खड्ग बहादुर कुमालको १ वटा जस्ताको छाना भएको घर,१ वटा ढुङ्गाको छाना भएको घर र १ वटा खरको छाना भएको मतान पूर्ण रुपमा जलेको वडा नं ३ का वडाअध्यक्ष दल बहादुर प्रधानले जानकारी दिनुभयो ।घरमा लागेको आगो निभाउने क्रममा दिर्घमान श्रेष्ठ घाईते हुनुभएको छ ।

आगलागीबाट खड्ग बहादुर कुमालले पालेको ६० वटा ब्रोईलर कुखुरा पनि जलेर नष्ट भएको वडाअध्यक्ष प्रधानले जानकारी दिनुभयो । अगलागीबाट ६ घरको घरमा भएको सवै अन्नपात, लत्ताकपडा, नगद सवै जलेर नष्ट भएको हो । यस्तै रामेछाप नगरपालिका वडा नं. ६ डान्सिङटारमा आगलागी हुँदा ४ वटा घर गोठ जलेर नष्ट भएको छ ।

दिउँसोकोे समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ वटा घर र २ वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट जबर बहादुर गोले र तुलामाया मगरको घर जलेर नष्ट भएको बज्र समाज नेपालका अध्यक्ष समेत रहनुभएका सोही ठाउँका स्थानिय पूर्ण बहादुर मगरले जानकारी दिनुभयो । आ

गलागीबाट घरमा भएको सवै अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको हो । घटनाको क्षति बारे थप विवरण आउन भने बाँकी छ । यस्तै रामेछाप नगरपालिका वडा नं. ७ डुँडेमा आगलागी हुँदा २ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । दिउँसोको समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ घर जलेको हो ।

आगलागीबाट तेज बहादुर मगरको १ वटा जस्ताको छाना भएको घर र खरले छाएको २ वटा गोठ पूर्ण रुपमा जलेको छ । रोहित हायुको ३ वटा खरले छाएको गोठ र डेक बहादुर श्रेष्ठको १ वटा घर र गोठ जलेको स्थानिय रोहित हायुले जानकारी दिनुभयो । आगालागीबाट मानविय तथा पशुचौपाया क्षति नभएपनि घर भित्र रहेको धनमाल, अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार