रामेछाप अस्पतालमा आई पुग्यो एन्टी रेबिज भ्याक्सिन

रामेछाप अस्पतालमा आई पुग्यो एन्टी रेबिज भ्याक्सिन

रामेछाप अस्पताल रामेछापले रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिन ल्याई पु¥याएको छ । स्वास्थ्य सेवा विभाग टेकुले एन्टी रेबिज भ्याक्सिन पठाउन ढिला गरेपछि भैपरि आउने नागरिकको समस्यालाई मध्य नजर गर्दै अस्पतालले आफै टेकु पुगेर भ्याक्सिन ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘रामेछापमा एन्टी रेबिज भ्याक्सिन अभावका कारण अब नागरिकलाई कुनै समस्या हुँदैन । हामीले स्वास्थ्य सेवा विभाग टेकुसँग बिन्ती गरेर ५० भाईल एन्टी रेबिज भ्याक्सिन ल्याएका छौँ ।’ सङ्क्रमित बाघ, स्याल, बाँदर जस्ता जङ्गली जनावार,भुस्याहा तथा घर पालुवा कुकुर, बिरालो लगायतले मानिसलाई टोकेमा रेबिज विरुद्धको सुई लगाउनुपर्ने हुन्छ । चिकित्सकहरूले आवश्यकता हेरि तीनदेखि पाँच भाईल सुई लगाउन सल्लाह दिने गरेका छन् ।

साथै सोमबारदेखी बाल रोग विशेषज्ञ डाक्टर नारायण यादवबाट नियमित ओपीडी,ईमर्जेन्सी,एसआइसीओ सेवा पनि रामेछाप अस्पतालबाट उपलब्ध हुने मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रेष्ठले बताउनुभयो । चितवन मेडिकल कलेजमा बाल रोग विभागमा काम गरी अनुभव प्राप्त डाक्टरबाट बच्चाहरुको हरेक किसिमको उपचार अब रामेछाप अस्पताबाटै हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार