रामेछाप नगर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व,अध्यक्षमा-अमित तामाङ

रामेछाप नगर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व,अध्यक्षमा-अमित तामाङ

रामेछाप नगर उद्योग वाणिज्य संघले आज पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ । संघका अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षता र उद्योग वाणिज्य संघ बाग्मती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नगर उद्योग वाणिज्य संघले व्यवसायिहरुको हकहितमा गर्दै आएको कामहरुको बारेमा समेत जानकारी गराएको थियो । रामेछाप नगरपालिकामा रहेर विभिन्न व्यवसायहरु गर्दै आएका व्यवसायीहरुको संस्थाको रुपमा रहेको रामेछाप नगर उद्योग वाणिज्य संघको सोमबार(आज)को तेस्रो अधिवेशनले नयाँ कार्यसमिती पनि सर्वसम्मत रुपमा चयन गरेको छ ।

जस अन्तर्गत अध्यक्षमा अमित तामाङ,वाणिज्य उपाध्यक्षमा रविन्द्र श्रेष्ठ,उद्योग उपाध्यक्षमा देब बहादुर श्रेष्ठ,महासचिवमा रत्न बहादुर नेवार,कोषाध्यक्षमा धनराज खडका,एसोसियट सदस्यहरुमा चुक्त बहादुर मगर र सुधिर कार्की चयन भएका छन । त्यसैगरी खुल्ला सदस्यहरुमा डम्बर बहादुर श्रेष्ठ,गोविन्द बहादुर बस्नेत र तुलसा कार्की चयन भएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार