उमाकुण्ड गाउँपालिकाले ल्यायो ६० करोड ५८ लाख ६३ हजारको बजेट

उमाकुण्ड गाउँपालिकाले ल्यायो ६० करोड ५८ लाख ६३ हजारको बजेट

रामेछापको उमाकुण्ड गाउँपालिकाले पनि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको लागि ६० करोड बढी बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले शुक्रबार गाउँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कूल ६० करोड ५८ लाख ६३ हजार १०० रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

७ वटा पालिका रहेको यो पालिकाले वडा नं १ गुम्देललाई ४७ लाख, वडा नं २ बाम्ती भण्डारलाई ४८ लाख, वडा नं ३ कुँबुँकाँस्थलीलाई ४७ लाख, वडा नं ४ प्रीतिलाई ४७ लाख, वडा नं ५ प्रीतिलाई ४२ लाख, वडा नं ६ गुप्तेश्वरलाई ४२ लाख र वडा नं ७ भुजीलाई ४५ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष सुनुवारले सार्वजनिक गर्नुभएको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार