यस्तो छ खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम

यस्तो छ खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम

रामेछापको खाँडादेवी गाउँपालिकाको १३ औँ गाउँ सभाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र आर्थिक ऐन २०८० पारित गरेको छ । शनिवार गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी आर्थिक ऐन २०८० पनि सभाले स्वीकृत गरेको छ । अधिवेशनमा गाउँपालिका उपाध्यक्ष रमा घिसिङले गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्वास्थ्य तर्फ निःशुल्क एम्बुलेन्सको व्यवस्थालाई निरन्तरता दिइने उल्लेख छ ।

त्यसको लाग रेफरल फन्डको व्यवस्थापन गरिने नीति कार्यक्रममा उल्लेख छ । स्वास्थ्य बिमा कार्यक्रमलाई थप विस्तार गरिने तथा पालिकाभित्र बसोबास गरेका अति विपन्न परिवार र कोही नभएका तथा केही नभएका व्यक्तिलाई प्रथम पटकको बिमा शुल्क बापतको रकम गाउँपालिकाबाट अनुदान स्वरूप प्रदान गरिने नीति गाउँपालिकाले तय गरेको छ ।

कक्षा ५ को स्रोत केन्द्र स्तरीय र कक्षा ८ को पालिका स्तरीय परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालनलाई निरन्तरता दिइने भएको छ । उत्कृष्ट विद्यालय, विद्यार्थी,शिक्षक, अभिभावक र शिक्षा सेवीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइने भएको छ ।

गुणस्तरीय शिक्षा हाम्रो प्रतिविद्धतालाई साकार पार्न कक्षा ६–८ सञ्चालित विद्यालयलाई डे–वोडर्स र कक्षा ९–१२ सञ्चालित विद्यालयका लागि एक आवासीय विद्यालयको पूर्वाधार निर्माण र अति सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई आवासीय विद्यालय बनाई शैक्षिक गुणस्तर सुधारको सुनिश्चितता गरिने नीति कार्यक्रम गाउँपालिकाले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार