असारको दोस्रो सातासम्म पनि रामेछापमा अधिकांश खेत बाँझै

असारको दोस्रो सातासम्म पनि रामेछापमा अधिकांश खेत बाँझै

असारको दोस्रो सातासम्म रामेछापका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात नहुँदा यसवर्ष जिल्लामा धान रोपाइँ ढिला भएको हो । असारको मध्येसम्म पनि रामेछापमा करिब १८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।

यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ८२ प्रतिशत खेत बाँझै रहेका छन् । गतवर्ष असारको दोस्रो सातासम्म करिब २६ प्रतिशत रोपाइँ भइसकेको थियो । तर यस वर्ष वर्षात ढिला हुँदा धान रोपाई ढिला भएको कृषि ज्ञान केन्द्र रामेछापका सूचना अधिकारी शर्मिला फुयाँलले जानकारी दिनुभयो ।

गत वर्ष समयमै वर्षात शुरु भएका कारणले असारको दोस्रो सातासम्म २६ प्रतिशत रोपाइँ सकिएको सूचना अधिकारी फुयाँलले बताउनुभयो । यस वर्ष ढिला गरी रोपाइँ भए पनि अब लगातार वर्षा भएपछि धान उत्पादनमा असर नपर्ने उहाँले बताउनुभयो । रामेछाप जिल्लाभर ७ हजार ८ सय ५९ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । जिल्लाका अधिकांश ठाउँहरुमा आकाशे पानीको भरमा धान रापाइँ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार