दोरम्बा शैलुङ गाउँपालिकाले ल्यायो ५६ करोड ६४ लाखको बजेट

दोरम्बा शैलुङ गाउँपालिकाले ल्यायो ५६ करोड ६४ लाखको बजेट

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट ल्याएको छ । र्आइतबार गाउँपालिकाको १३ औं गाउँसभामा उपाध्यक्ष खमला थापा मगरले आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।

पालिकाको अघिल्लो वर्षको कुल बजेट ५८ करोड रहेको थियो भने यस पटक २ करोड बजेट कम ल्याएको छ । त्यस्तै १३ औं गाउँसभामा अध्यक्ष मैन कुमार मोक्तानले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष मोक्तानले प्रस्तुत गर्नुभएको निती तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई प्राथमिकता दिइएको छ । १३ औं गाउँसभाले निती कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार