रामेछापका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

रामेछापका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

देशका धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो छ । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी सङ्ख्या बढाउन थुप्रै योजना बनाएर करोडौँ रुपैयाँ लगानी गरे पनि सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव झन्झन् समस्याको विषय बन्दै गएको छ ।

रामेछापका अधिकांश आधारभूत सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालय,हिलेपानीमा रहेको गैँयाश्वरी आधारभूत विद्यालय, मुगानमा रहेको सिद्धेश्वर आधारभुत विद्यालय लगायतका धेरै विद्यालयहरुमा विद्यार्थी संख्या न्युन छ ।

यी विद्यालयहरुमा विद्यार्थी संख्या थोरै भएकाले सोचे अनुसारको काम गर्न नसकिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले बताउँदै आएका छन । सामुदायिक विद्यालय प्रतिको गतल बुझाइका कारण निजी विद्यालयमा विद्यार्थी बढ्ने तर सामुदायिक विद्यालयमा घट्ने अवस्था आएको उनिहरुको भनाई छ ।

स्थानिय सरकारहरुले पनि शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयमा लगानी बढाउँदै लगे पनि अनेकौँ समस्या देखिएका छन् । तीमध्ये विद्यार्थी थोरै हुनु एक प्रमुख समस्याका रुपमा रहेको छ । विद्यार्थीको सङ्ख्या नबढाइ गुणस्तर वृद्धिका अन्य उपाय प्रभावकारी नहुने स्थानिय तहहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार