रामेछापमा मादलको व्यापार घट्यो, बादी समुदायको मादल व्यवसाय संकटमा

रामेछापमा पछिल्लो समय मादलको व्यापार घटेको छ । केही वर्षअघिसम्म तिहारअघि मादलको बिक्री उल्लेख्य हुने गरेको भएपनि अहिले तिहारको सिजनमा मादल बेच्न निक्कै मुश्किल हुने गरेको रामेछाप बजारमा १० वर्षदेखी मादल व्यापार गर्दै आउनुभएका व्यापारी सुजन घिमिरेले बताउनुभयो । गत वर्ष ५ वटा मादल विक्रि भएको भन्दै उहाँले यस वर्ष अहिलेसम्म एउटा पनि मादल विक्री […]

मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने, घरासयी ग्राहकले २० युनिटको ३० रुपैयाँ मात्रै तिर्नुपर्ने

सरकारले मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू गर्ने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै आज नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो ।मङ्सिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले […]

चीनबाट रासायनिक मल नेपाल आउन सुरु

कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु भएको छ।तातोपानी नाका हुँदै हिजोसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी काठमाडौं भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन […]

अब मन्थली काठमाडौँको भाडा ५ सय १५ रुपैयाँ

बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । बढेको नयाँ भाडादर अनुसार अब काठमाडौँ मन्थलीको भाडा ५१५ रुपैयाँ लाग्नेछ । काठमाडौँ (नयाँ बसपार्क)–धुलिखेल–खुर्कोट–मन्थलीको भाडा यसअघि ४१९ रुपैयाँ रहेकोमा अब ५१५ रुपैयाँ तोकिएको छ । यो […]

दशैं विदामा बन्द भएका रामेछापका सरकारी कार्यालय र बैंक खुले

दशैंको विदा सकिएसँगै रामेछाप जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु आफनो काममा फर्कने क्रम जारी छ । यस्तै दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि खुला भएका छन् । आजदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा […]

कोरोनाका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि

कोरोना महामारीका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि आएको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २ सय ७७ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएकोमा ७७÷७८ मा यो सङ्ख्या २ सय ३ मा झरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा ५८ वटा ठूला उद्योग […]

२४ सयभन्दा बढीले सामाजिक सुरक्षाभत्ता र निवृत्तिभरण सुविधा दुवै लिने गरेको खुलासा

सामाजिक सुरक्षाभत्ता र निवृत्ति भरण दुवै सुविधा लिनेको संख्या बढेको भन्दै सरकारले कडाइ गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गरेको परिपत्रमा सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था कडाइका साथ पालना गराउन भनिएको छ । विभागका अनुसार निवृत्तिभरण प्रणालीको विवरणसँग मिलाउँदा सामाजिक सुरक्षाभत्ता […]

अबदेखि सामाजिक सुरक्षा भत्ता तीन महिनामा वितरण हुने

अबदेखि सामाजिक सुरक्षा भत्ता तीन महिनामा वितरण हुने भएको छ । यसअघिचार महिनामा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता अबदेखि तीन महिनामा वितरण गर्ने भएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८÷७९ देखि सामाजिक सुरक्षा भत्ताको निकासा तीन महिनामा […]

रामेछापको विहिबारे हाट : बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । आजको हाट यो दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा आज अलि […]

बागमती प्रदेशका सार्वजनिक सवारीमा २३ प्रतिशत भाडा वृद्धि

बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढेको छ ।बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको प्रदेश सरकारले जनाएको छ। संघीय सरकारले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको […]