समाजसेवी प्रदिप घिमिरे (अमूल्य) सम्मानित

रामेछापको मन्थली नगरपालिका वडा नं. ४ सालुका युवा समाजसेवी प्रदिप घिमिरे (अमूल्य) सम्मानित हुनुभएको छ । मन्थली नगरपालिकाले ९ औँ स्थापना दिवसको अवसरमा घिमिरेलाई सम्मान गरेको हो । काठमाडौंका चिसो सडक पेटीमा जीवन निर्वाह गर्न विवस गरीब, दुःखी, शारीरिक तथा मानसिक अवस्था ठीक नभएका व्यक्तिहरुलाई घिमिरेले कोरोनाको सुरुवाती दिनदेखी नै खाना खुवाउँदै आउनुभएको छ । […]

आशा खनाल अधिकारीद्वारा जन्मोत्सवमा सडक पेटीमा बस्ने गरीब, दुःखीलाई खाना खुवाउन प्रदिपलाई सहयोग

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३१ बानेश्वर निवासी श्री आशा खनाल अधिकारीले आफ्नो जन्मोत्सवको सुअवसरमा आज मंसिर १५ गते काठमाडौंका चिसो सडक पेटीमा जीवन निर्वाह गर्न विवस गरीब, दुःखी, शारीरिक तथा मानसिक अवस्था ठीक नभएका व्यक्तिहरुलाई कोरोनाको सुरुवाती दिनदेखी खाना खुवाउँदै आएका मन्थली नगरपालिका वडा नं. ४ सालुका युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यलाई रातको […]

रामेछापमा अभियानको रुपमा राष्ट्रिय परिचय पत्र वनाउने काम सुरु

रामेछापमा अभियानको रुपमा राष्ट्रिय परिचय पत्र वनाउने कामको बुधबार बाट सुरु गरीएको छ । मन्थली नगरपालिकाका १४ वटा वडामा परिचय पत्रका लागि खटाइएको टोलीले एकै साथ काम थालेको हो । बुधबार सवै वडा कार्यालय र तोकिएको अन्य स्थानमा सर्वसाधारणहरुले परिचय पत्रका लागि विवरण भर्ने र फोटो खिचाउने काम थालेका छन् । प्रमुख जिल्ला अधिकारी शोभाखर […]

रामेछापका प्रतिनिधि सभा र प्रदेश सभाका नव निर्वाचित सांसदले पाए प्रमाणपत्र

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले प्रतिनिधि सभा र प्रदेश सभाका नव निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले प्रतिनिधि सभाका नव निर्वाचित सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम),प्रदेश सभा क का सांसद तारानारायण श्रेष्ठ र प्रदेश सभा ख का सांसद युवराज चौँलागाँईलाई प्रमाणपत्र बितरण गर्नुभयो । नव निर्वाचित सांसदले निर्वाचनका बेला […]

केन्द्रको गठबन्धन भत्किएपनि रामेछापमा निरन्तर रहन्छ : कान्छाराम

रामेछापका नव निर्वाचित प्रतिनिधि सभाका सदस्य पूर्ण बहादुर तामाङ (कान्छाराम)ले केन्द्रको गठबन्धन भत्किएपनि रामेछाप जिल्लामा भने निरन्तर रहने बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले आयोजना गरेको नव निर्वाचित माननीयहरुलाई शुभकामना तथा मतदाताका लागी प्रतिबद्धता कार्यक्रममा सो कुरा बताउनुभएको हो । तामाङले गठबन्धन बाट निर्वाचित तीनै जना सांसदहरु जिल्लाको विकासका लागी समन्य र […]

सीता शर्मा सुवेदीद्वारा जन्मोत्सवमा खाना खुवाउन प्रदिप घिमिरेलाई सहयोग

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं १ सानीमदौ निवासी सीता शर्मा सुवेदीले आफ्नो जन्मोत्सवको अवसरमा मंसिर ११ गते काठमाडौंका चिसो सडक पेटीमा जीवन निर्वाह गर्न विवस गरीब, दुःखी, शारीरिक तथा मानसिक अवस्था ठीक नभएका व्यक्तिहरुलाई कोरोनाको सुरुवाती दिनदेखी खाना खुवाउँदै आएका मन्थली नगरपालिका वडा नं. ४ सालुका युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यलाई रातको एक छाक […]

रामेछापको तिनै सिट गठबन्धनको जित

रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उमेदवार विजयी हुनु भएको छ ।नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनु भएको हो । १ लाख ८० हजार १ सय ६ मतदाता रहेको रामेछापमा ८८ हजार ६ सय ८० मत खसेको थियो । पूर्णबहादुर तामाङ ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको […]

रामेछाप प्रदेश सभा ख मा एमालेका मिलन अघि,पछ्याउँदै माओवादीका युवराज

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा ख को मतगणना जारी छ । प्रदेश सभा ख मा एमालेका उम्मेदवार मिलन कुमार घिसिङले अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौँलागाईले पछ्याइरहनुभएको छ । घिसिङले २८ सय १६ मत प्राप्त गर्दा चौँलागाईले २१ सय ४८ मत प्राप्त गर्नुभएको छ । घिसिङ ६ सय ६८ […]

रामेछाप प्रदेश ख मा युवराज ११ सय बढी मतले अघि,पछ्याउँदै मिलन

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा ख को मतगणना जारी छ । प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौँलागाईले अग्रता लिइरहनुभएको छ । उहाँलाई एमालेका उम्मेदवार मिलन कुमार घिसिङले पछ्याइरहनुभएको छ । चौँलागाईले ११ सय ९१ मत प्राप्त गर्दा घिसिङले ९ सय ३ मत प्राप्त गर्नुभएको छ । चौँलागाई २ सय ८८ […]

रामेछापमा कान्छाराम ८ हजार बढी मतले अघि,पछ्याउँदै ढुंगेल

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा ख को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणाम अनुसार प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ । प्रदेश क को मतगणना सम्पन्न भैसकेर प्रदेश ख को मतगणना भैरहँदा अहिलेसम्मको अवस्थामा कान्छारामले २३ हजार ४ सय ४८ मत प्राप्त गर्नुभएको छ । एमालेका […]