रामेछापको मन्थली नगरपालिकाले मनायो ९ औँ स्थापना दिवस

रामेछापको मन्थली नगरपालिकाले मनायो ९ औँ स्थापना दिवस

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आज ९ औँ स्थापना दिवस मनाएको छ । मन्थली नगरपालिका कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसको अवसरमा मन्थली नगरपालिकाका विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख लब कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको नगरको हालसम्मको प्रगती विवरण नगर प्रमुख श्रेष्ठले प्रस्तुत गर्नुभयो ।

नगर प्रमुख श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रगती विवरण अनुसार मन्थली नगरपालिकाले अहिलेसम्म १७.१४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । नगरपालिकाले नगरपालिकाले साढे ४ महिनाको अवधिमा जम्मा एक अर्ब १३ करोड ५ लाख ४३ हजार ३४ रुपियाँ बजेटको १७.१४ प्रतिशत अर्थात् १९ करोड ३७ लाख ९० हजार ९१८ रुपियाँ बजेट खर्च गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाकी उप–प्रमुख इश्वरी बस्नेतले आफुहरु निर्वाचित भएर आएको धेरै नभएकोले नगरले गरेका कामहरुको उपलब्धी नदेखिएको भन्दै अबका दिनहरुमा नगरले उपलब्धी देखिने खालका कार्यक्रमहरु गर्ने बताउनुभयो । कार्यक्रमका बोल्ने अधिकांस बक्ताहरुले नगरले गरेका कामहरु सन्तोषजनक नभएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार