सीता शर्मा सुवेदीद्वारा जन्मोत्सवमा खाना खुवाउन प्रदिप घिमिरेलाई सहयोग

सीता शर्मा सुवेदीद्वारा जन्मोत्सवमा खाना खुवाउन प्रदिप घिमिरेलाई सहयोग

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं १ सानीमदौ निवासी सीता शर्मा सुवेदीले आफ्नो जन्मोत्सवको अवसरमा मंसिर ११ गते काठमाडौंका चिसो सडक पेटीमा जीवन निर्वाह गर्न विवस गरीब, दुःखी, शारीरिक तथा मानसिक अवस्था ठीक नभएका व्यक्तिहरुलाई कोरोनाको सुरुवाती दिनदेखी खाना खुवाउँदै आएका मन्थली नगरपालिका वडा नं. ४ सालुका युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यलाई रातको एक छाक खाना खुवाउन ५ हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

सहयोगी मनकी सीता शर्मा सुवेदी पुजनीय पिता शेषराज घिमिरे तथा माता दम कुमारी घिमिरे कोखबाट मन्थली नगरपालिका वडा नं. ४ सालुमा जन्मिनुभएको हो । उहाँको बाल्यकाल सामान्य थियो । उहाँको विवाह मन्थली सानीमदौका शंकर सुवेदीसँग भयो । उहाँका दुई सन्तान छन् । एक छोरा र एक छोरी । श्रीमान् शंकर सुवेदी शिक्षण सेवामा कार्यरत हुनुहुन्छ भने उहाँ स्वास्थ्य सेवाबाट विवृत्त हुनुभएको छ ।

परोपकारी मनकी धनी सीता शर्मा सुवेदी आफूले जन्मोत्सवको अवसरमा दुःखी गरीबहरुको लागि सहयोग गर्न पाउँदा खुसी रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ सेवानै धर्म हो, आफूले जे सकिन्छ सकेको सहयोग प्रदान गर्नुहुन सबैमा अनुरोध गर्नहुन्छ । आफू पनि बचौं, दुःख पीडा र समस्यामा परेका जो कोहीलाई सहयोग गरौं ।

समाजसेवी प्रदिप घिमिरे विभिन्न नामले ख्याती कमाएका छन् । प्रदिप सक्रिय युवा समाजसेवी साथै एक कुशल लेखक पनि हुन् । प्रदिपले विभिन्न विषयवस्तुमा कलम चलाउँदै आएका छन् । उनी धर्म, संस्कार, संस्कृति, भोजन, बलिप्रथा, सत्कर्म र अध्यात्मका बारेमा पनि बहस गर्दै आएका छन् ।

शालीन र भद्र स्वभावका प्रदिप शाहाकारी हुन् । प्रदिप घिमिरे रामेछाप जिल्लाको मात्र नभएर सिंगो नेपलको लागि प्रेरणाको श्रोत बन्दै गएका छन् । उनलाई सिधा सम्पर्क गर्न चाहनेहरुका लागि ९८४११४१४६८ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार