केन्द्रको गठबन्धन भत्किएपनि रामेछापमा निरन्तर रहन्छ : कान्छाराम

केन्द्रको गठबन्धन भत्किएपनि रामेछापमा निरन्तर रहन्छ : कान्छाराम

रामेछापका नव निर्वाचित प्रतिनिधि सभाका सदस्य पूर्ण बहादुर तामाङ (कान्छाराम)ले केन्द्रको गठबन्धन भत्किएपनि रामेछाप जिल्लामा भने निरन्तर रहने बताउनुभयो ।

उहाँले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले आयोजना गरेको नव निर्वाचित माननीयहरुलाई शुभकामना तथा मतदाताका लागी प्रतिबद्धता कार्यक्रममा सो कुरा बताउनुभएको हो । तामाङले गठबन्धन बाट निर्वाचित तीनै जना सांसदहरु जिल्लाको विकासका लागी समन्य र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका सांसद युवराज चौलागाँई र तारानारायण श्रेष्ठले सम्वृद्ध रामेछाप बनाउन आफुहरु लागी पर्ने प्रतिबद्धता व्यक्त गरेका छन । नव निर्वाचित सांसदहरुले चुनावमा नागरीकहरुलाईलाई गरेको बाचा अनुसार जिल्लाको विकासमा लाग्ने साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार