समाजसेवी प्रदिप घिमिरे (अमूल्य) सम्मानित

समाजसेवी प्रदिप घिमिरे (अमूल्य) सम्मानित

रामेछापको मन्थली नगरपालिका वडा नं. ४ सालुका युवा समाजसेवी प्रदिप घिमिरे (अमूल्य) सम्मानित हुनुभएको छ । मन्थली नगरपालिकाले ९ औँ स्थापना दिवसको अवसरमा घिमिरेलाई सम्मान गरेको हो ।

काठमाडौंका चिसो सडक पेटीमा जीवन निर्वाह गर्न विवस गरीब, दुःखी, शारीरिक तथा मानसिक अवस्था ठीक नभएका व्यक्तिहरुलाई घिमिरेले कोरोनाको सुरुवाती दिनदेखी नै खाना खुवाउँदै आउनुभएको छ । रामेछापका युवा समाजसेवी घिमिरको यो कामले रोमछाप जिल्लाकै शिर उच्च भएको भन्दै मन्थली नगरपालिकाले समाजसेवी घिमिरले गरेको कामको उच्च मुल्याङकन गर्दै सम्मान गरेको हो ।

मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले समाजसेवी घिमिरलाई सम्मान पत्र प्रदान गर्नुभयो । सम्मान ग्रहण गर्दै समाजसेवी घिमिरले सम्मानित हुन पाउँदा निकै खुशी लागको बताउनुभयो । आगामी दिनहरुमा पनि समाजसेवाको आफ्नो यात्रा जारी नै रहने उहाँले बताउनुभयो ।

घिमिरे सक्रिय युवा समाजसेवी साथै एक कुशल लेखक पनि हुनुहुन्छ । उहाँले विभिन्न विषयवस्तुमा कलम चलाउँदै आउनुभएको छ । उहाँ धर्म, संस्कार, संस्कृति, भोजन, बलिप्रथा, सत्कर्म र अध्यात्मका बारेमा पनि प्रशिक्षण दिने गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार