रामेछाप प्रदेश ख मा युवराज ११ सय बढी मतले अघि,पछ्याउँदै मिलन

रामेछाप प्रदेश ख मा युवराज ११ सय बढी मतले अघि,पछ्याउँदै मिलन

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा ख को मतगणना जारी छ । प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौँलागाईले अग्रता लिइरहनुभएको छ । उहाँलाई एमालेका उम्मेदवार मिलन कुमार घिसिङले पछ्याइरहनुभएको छ । चौँलागाईले ११ सय ९१ मत प्राप्त गर्दा घिसिङले ९ सय ३ मत प्राप्त गर्नुभएको छ । चौँलागाई २ सय ८८ मतले अघि हुनुहुन्छ ।

प्रदेश सभा क मा तारानारायणको जित

प्रदेश सभा क मा भने गठबन्धनका उम्मेदवार माओवादी केन्द्रबाट तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल श्रेष्ठसँग पराजित हुनुभएको छ । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्दा पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गर्नुभयो । श्रेष्ठ १९ सय ९१ मत ल्याएर विजयी हुनुभयो ।

कान्छाराम ८ हजार बढी मतले अघि,पछ्याउँदै ढुंगेल

हालसम्मको ताजा मत परिणाम अनुसार प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ । प्रदेश क को मतगणना सम्पन्न भैसकेर प्रदेश ख को मतगणना भैरहँदा अहिलेसम्मको अवस्थामा कान्छारामले २३ हजार ४ सय ४८ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार कैलाश ढुंगेल १४ हजार ७ सय मत प्राप्त गर्नुभएको छ । ढुंगेलभन्दा कान्छाराम ८ हजार ७ सय ४८ मतले अघि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार