रामेछापको तिनै सिट गठबन्धनको जित

रामेछापको तिनै सिट गठबन्धनको जित

रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उमेदवार विजयी हुनु भएको छ ।नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनु भएको हो । १ लाख ८० हजार १ सय ६ मतदाता रहेको रामेछापमा ८८ हजार ६ सय ८० मत खसेको थियो ।

पूर्णबहादुर तामाङ ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो । तामाङको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत प्राप्त गर्नु भएको । एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतले पछिपार्दै तामाङ निर्वाचित हुनु भएको हो । प्रतिनिधिसभातर्फको मत गणना सम्पन्न हुँदा सदर मत ८३ हजार ८ सय ९९ रहेको छ भने ४ हजार ७ सय ८१ मत बदर भएको छ ।

यस्तै प्रदेश क मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शान्ति पौडेल लाई १५ हजार १ एक सय ५७ प्राप्त गर्नु भएको छ । श्रेष्ठले पौडेललाई १ हजार ९ सय ९१ मतले पराजित गर्नु भएको हो ।

यस्तै प्रदेश ख मा गठबन्धनका तर्फका उमेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित गर्नु भएको हो । चौलागाईंले २१ हजार २ सय ३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४ सय १३ मत प्राप्त गर्नु भएको थियो । चौलागाईं घिसिङ भन्दा ४ हजार ८ सय २६ मतान्तरले विजयी हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार