रामेछापका प्रतिनिधि सभा र प्रदेश सभाका नव निर्वाचित सांसदले पाए प्रमाणपत्र

रामेछापका प्रतिनिधि सभा र प्रदेश सभाका नव निर्वाचित सांसदले पाए प्रमाणपत्र

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले प्रतिनिधि सभा र प्रदेश सभाका नव निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले प्रतिनिधि सभाका नव निर्वाचित सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम),प्रदेश सभा क का सांसद तारानारायण श्रेष्ठ र प्रदेश सभा ख का सांसद युवराज चौँलागाँईलाई प्रमाणपत्र बितरण गर्नुभयो ।

नव निर्वाचित सांसदले निर्वाचनका बेला अहोरात्र खट्ने राष्ट्रसेवक कर्मचारीहरु,सहयात्री राजनैतिक दल एबं सञ्चारकर्मीहरु समेतलाई धन्यवाद व्यक्त गरेका छन । उनिहरुले निर्वाचनका बेला कसैलाई गाली गलौज गरेको वा रुखो वोली गरेको भएपनि त्यस्ता कुरालाई मनमा नराख्न आग्रह समेत गरेका छन । नव निर्वाचित सांसदले आगामी दिनमा सबैसँग समन्वय गरेर मात्र काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

उक्त कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी मधुकर शाह,प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, जिल्ला समन्वय प्रमुख चिना खड्का लगाएतले आ–आफ्नो मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार