रामेछापमा अभियानको रुपमा राष्ट्रिय परिचय पत्र वनाउने काम सुरु

रामेछापमा अभियानको रुपमा राष्ट्रिय परिचय पत्र वनाउने काम सुरु

रामेछापमा अभियानको रुपमा राष्ट्रिय परिचय पत्र वनाउने कामको बुधबार बाट सुरु गरीएको छ । मन्थली नगरपालिकाका १४ वटा वडामा परिचय पत्रका लागि खटाइएको टोलीले एकै साथ काम थालेको हो ।

बुधबार सवै वडा कार्यालय र तोकिएको अन्य स्थानमा सर्वसाधारणहरुले परिचय पत्रका लागि विवरण भर्ने र फोटो खिचाउने काम थालेका छन् । प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीका अनुसार राष्ट्रिय परिचय पत्र वनाउने काम यस अघी जिल्ला प्रशासन कार्यालयमा मात्र सिमित थियो ।

कार्यालयको तथ्याङ्क अनुसार हाल सम्म रामेछापबाट २१ हजार ५ सय जनाले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाएर विवरण वुझाएका छन् । परिचय पत्र भने अझै आईसकेको छैन् । प्रजिअ रेग्मीका अनुसार वडा केन्द्र र आवश्यक परेमा अन्य स्थानमा समेत टोली वसेर नागरिकता प्रमाण पत्र प्राप्त गरीसकेका सवै जनाको राष्ट्रिय परिचय पत्रका लागि कार्य सम्पन्न गर्नेछ ।

जिल्लाका ६४ वटै वडा कार्यालयमा पुग्ने टोलीले ३ महिना भित्रमा उक्त कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गाउमा टोली खटेको अवस्थामा पनि जिल्ला प्रशासन कार्यालयबाट समेत परिचय पत्रको काम जारी रहने प्रजिअ रेग्मीले वताए । तत्काल विदेश जानेका लागि परिचय पत्र नभई पासपोर्ट वनाउन कठिनाई पर्ने भएकाले त्यस्तो व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा पुगेर परिचय पत्र र राहदानी सिफारीस गराउन सक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार