जुनेली सहकारीको अध्यक्षमा फेरी पनि उमेश विक्रम थापा चयन

cजुनेली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा फेरी पनि उमेश विक्रम थापा चयन हुनुभएको छ । शुक्रबार संस्थाको पाँचौँ अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । पाँचौँ अधिवेशनबाट उपाध्यक्षमा ढाल विक्रम कार्की,सचिवमा,भगवती मगर,कोषाध्यक्षमा रामबहादुर थापा, र सदस्यहरुमा क्रमश रविन्द्र कुमार श्रेष्ठ,रित बहादुर कार्की,राम कुमार कार्की,तुलसा काकी र चन्द्रिका लामा खड्का चयन हुनुभएको हो । […]

पत्रकारले मुन्द्रा लगाउने हैन : सांसद कान्छाराम

रामेछापका प्रतिनिधि सभाका सांसद पुर्ण बहादुर तामाङ कान्छारामले राज्यको चौथो अंग पत्रकारले मुन्द्रा लगाएर हिँडे नागरिकले विश्वास नगर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ रामेछाप शाखाको १९ औं साधारणसभा कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो । पत्रकार पेशामा लागेका रामेछापका केही पत्रकारहरु कानमा मुन्द्रा झुन्डाएर हिडेको आफुले देखेको भन्दै उहाँले कानमा मुन्द्रा झुन्डाएर नागरिकको विश्वास जित्न […]

पत्रकार महासंघ रामेछापले मनायो १९ औं साधारणसभा

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले १९ औं साधारणसभा मनाएको छ । रामेछाप सदरमुकाम मन्थलीमा विभिन्न कार्यक्रम गरि साधारणसभा मनाइएको हो । पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष बद्री नंयाघरेको अध्यक्षता र रामेछापका प्रतिनिधि सभाका सांसद पुर्ण बहादुर तामाङ कान्छारामको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पत्रकार महासंघलाई सहयोग गर्ने विभिन्न व्यत्ती तथा संघसंस्थाहरुलाइ सम्मान […]

रामेछाप नगरपालिकामा राष्ट्रिय परिचय पत्र वनाउने अभियान सुरु

रामेछापमा अहिले राष्ट्रिय परिचय पत्र वनाउने अभियान चलिरहेको छ । मन्थली नगरपालिकाबाट सुरु भएको अभियान मन्थली नगरपालिकाको १४ वटै वडामा सम्पन्न भएर आजदेखी रामेछाप नगरपालिकामा सुरु भएको हो । आज रामेछाप नगरपालिकाको वडा नं ८ र ९ मा परिचय पत्रका लागि विवरण भर्ने र फोटो खिचाउने काम भैरहेको छ । भोलिदेखी बाँकी सबै वडाहरुमा परिचय […]

अब जिल्ला अस्पताल रामेछापमै डायलासिस सेवा सुरु हुँदै

जिल्ला अस्पताल रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरु हुने भएको छ । मिर्गौला बिरामीहरूका लागि जिल्ला अस्पतालमै उपकरण राखेर डायलासिस सेवा सुरु गर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गगन अधिकारीले जानकारी दिनुभयो । नियमित डायलासिस सेवाका लागी अस्पतालले यसअघि नै अस्पतालमै ब्लड बैँकको स्थापना गरिसकेको छ । १५ शैयाको स्वीकृति रहेको जिल्ला […]

रामेछाप रामपुरमा बिहेमा भोज खाएका ३० जना बिरामी,१४ जना अस्पताल भर्ना

रामेछापमा विवाहको भोज खाएका एकै गाउँका ३० जना बिरामी परेका छन् । रामेछाप नगरपालिका–५ रामपुर साईटारका ३० जना बिरामी परेका हुन् । यहि मंसिर २५ गते रामपुर साईटारमा बिहेको भोज खाएकाहरु बिरामी पर्न थालेको त्यहाँका स्थानिय कनक मगरले बताउनुभयो । जिल्ला अस्पतालमा १४ जनालाई ल्याएर भर्ना गरिएको छ । उक्त गाउँका ३० जना बढी बिरामी […]

रामेछाप प्रहरीको नव निर्मित भवन उद्धघाटन

जिल्ला प्रहरी कार्यालय रामेछाप परिसरमा निर्मित भवनको आज उद्धघाटन गरिएको छ । बागमति प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यले उक्त भवनको उद्धघाटन गर्नुभयो । थापा निर्माण सेवा प्रा.ली रामेछापले संझौता गरेको १६ महिनामा ३ करोड ७ लाख ५४ हजार लागतमा भवनको निर्माण सम्पन्न गरेको हो । नवनिर्मित भवनहरुमा कार्यालय प्रमुखको निवास २ तल्लाको […]

२८ लाख घुससहित पक्राउ परेका रामेछापका सत्याल विरुद्ध मुद्धा दायर

रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत एक इन्जिनियर र प्लम्बर विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख घूससहित पक्राउ परेका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस तथा रिसवत माग गरिरहेको उजुरीका आधारमा […]

रामेछापमा आजदेखी ६ जिल्लाका रेडियो प्राविधिकका लागी तालिम सुरु

रामेछापको सदरमुकाम मन्थलीमा आजदेखी ६ जिल्लाका रेडियो प्राविधिकका लागी तालिम सुरु भएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आयोजना गरेको रेडियो प्राविधिक तालिममा ६ जिल्लाका विभिन्न रेडियोहरुमा कार्यरत रेडियो प्राविधिकहरुको सहभागीता रहेको छ । तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले धेरै प्रकारका तालिमहरु दिँदै आएको बताउनुभयो […]

जिल्ला अस्पताल रामेछापमा प्रसुति सेवा प्रभावकारी बन्दै(अन्तरवार्ता)

जिल्ला अस्पताल रामेछापमा एक वर्षअधिदेखि सुरु भएको प्रसुति सेवा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । अहिलेसम्मको अबस्थामा अस्पतालमा ३४ जनाले शल्यक्रिया मार्फत प्रसुति सेवा लिएका छन । जटिल प्रसुति अवस्थामा पुगेका ३४ जना महिलाको शल्यक्रिया गरिएको अस्पतालका विशेषज्ञ डाक्टर मनोज यादवले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी भएका सबै जनाकै स्वास्थ्य अवस्था सामान्य […]