आशा खनाल अधिकारीद्वारा जन्मोत्सवमा सडक पेटीमा बस्ने गरीब, दुःखीलाई खाना खुवाउन प्रदिपलाई सहयोग

आशा खनाल अधिकारीद्वारा जन्मोत्सवमा सडक पेटीमा बस्ने गरीब, दुःखीलाई खाना खुवाउन प्रदिपलाई सहयोग

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३१ बानेश्वर निवासी श्री आशा खनाल अधिकारीले आफ्नो जन्मोत्सवको सुअवसरमा आज मंसिर १५ गते काठमाडौंका चिसो सडक पेटीमा जीवन निर्वाह गर्न विवस गरीब, दुःखी, शारीरिक तथा मानसिक अवस्था ठीक नभएका व्यक्तिहरुलाई कोरोनाको सुरुवाती दिनदेखी खाना खुवाउँदै आएका मन्थली नगरपालिका वडा नं. ४ सालुका युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यलाई रातको एक छाक खाना खुवाउन आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

सहयोगी मनकी धनी आशा खनाल अधिकारी स्वर्गीय पिता कृष्ण प्रसाद खनाल र माता राधिका खनालको कोखबाट रुपन्देही जिल्ला सिद्दार्थ नगरपालिका वडा नं. ८ मा जन्मिनुभएको हो । उहाँको बाल्यकाल सामान्य थियो । उहाँको विवाह संखुवासभा निवासी श्री मोहन अधिकारीसंग भयो । उहाँका दुई सन्तान छन् । एक छोरा परिस्कृत अधिकारी र एक साध्वी अधिकारी छोरी छन् ।

परोपकारी मनकी धनी आशा खनाल अधिकारीले आफूले जन्मोत्सवको अवसरमा दुःखी गरीबहरुको लागि सहयोग गर्न पाउँदा खुसी रहेको बताउनुभयो । उहाँले आगामी दिनहरुमा पनि आफूले सकेको सहयोग गर्ने बताउनुभएको छ । सेवानै धर्म हो, आफूले जे सकिन्छ सकेको सहयोग प्रदान गर्नुहुन सबैमा अनुरोध गर्नहुन्छ । आफू पनि बचौं, दुःख पीडा र समस्यामा परेका जो कोहीलाई सहयोग गरौं ।

समाजसेवी प्रदिप घिमिरे विभिन्न नामले ख्याती कमाएका छन् । प्रदिप सक्रिय युवा समाजसेवी साथै एक कुशल लेखक पनि हुन् । प्रदिपले विभिन्न विषयवस्तुमा कलम चलाउँदै आएका छन् । उनी धर्म, संस्कार, संस्कृति, भोजन, बलिप्रथा, सत्कर्म र अध्यात्मका बारेमा पनि बहस गर्दै आएका छन् ।

शालीन र भद्र स्वभावका प्रदिप शाहाकारी हुन् । प्रदिप घिमिरे रामेछाप जिल्लाको मात्र नभएर सिंगो नेपलको लागि प्रेरणाको श्रोत बन्दै गएका छन् । उनलाई सिधा सम्पर्क गर्न चाहनेहरुका लागि ९८४११४१४६८ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार