रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा एमालेबाट रोशन र सिता सर्वसम्मत उम्मेदवार

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा एमालेबाट रोशन र सिता सर्वसम्मत उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिकाले मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंग्याइएको छ । शुक्रबार बसेको एमाले नगर कमिटीको बैठकले मेयरमा रोशन पाख्रिन र उपमेयरमा सिता केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मेयरका उम्मेदवार पाख्रिनले रामेछाप नगरपालिकाको मेयर जितेको खण्डमा विशिष्ट महत्व बोकेको रामेछाप बजारलाई सुन्दर र पर्यटकीय नगरीका रुपमा विकास गरिने बताउनुभयो । उहाँले समग्र रामेछाप नगरपालिकाको विकासमा आफुले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेयरका उम्मेदवार पाख्रिन २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि रामेछाप नगरपालिकाको मेयरमा उठ्नुभएको थियो । तर उहाँ हालका मेयर नर ब थापा मगरसँग पराजित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार